नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर कोरोना संक्रमण हुनेको २ लाख ५८ हजार १ सय ८१ पुगेको छ। पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना मुक्त भएका छन्। योसहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ।।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ पुगेको छ।
प्रकाशित: १२ पुस २०७७ ११:४५ आइतबार