१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मानव अधिकार आयोग दसैंमा खुल्ला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दसैं विदामा पनि खुल्ने भएका छन्।  

दसैं विदामा पनि मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।  

आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बताइएको छ। आयोगले दसैं विदामा सहसचिव डा. टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

प्रकाशित: ५ कार्तिक २०७७ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App