४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमानको कुटपिटबाट गम्भीर घाईते महिलाको मृत्यु

खोटाङमा श्रीमानको कुटपिटबाट गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका डम्बरबहादुर गिरीको कुटपिटबाट ४४ वर्षीय श्रीमती ज्ञानकुमारी पुरीको मृत्यु भएको हो । श्रीमानले प्रहार गरेको लोहोरो ढुंगाले लाग्दा गम्भीर घाईते भएकी ज्ञानकुमारीको उपचारका लागि काठमाडौं लैजानेक्रममा शुक्रबार बाटैमा मृत्यु भएको हो ।  

शुक्रबार बिहान श्रीमानको कुटपिटकाक्रममा भाग्दै छिमेकी खड्ग गिरीको घरमा पुगेकी ज्ञानकुमारी बेहोस भएर ढलेकी थिईन् । उनलाई प्रहरी र आफन्तको सहयोगमा जिल्ला अस्पताल दिक्तेलमा पु¥याइए पनि उपचार नभएपछि रेफर गरिएको थियो । उनको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेलीमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । श्रीमती कुटपिटपछि फरार डम्बरबहादुरलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । गाउँभन्दा माथिको जंगलमा लुकेको सूचनाका आधारमा प्रहरीले जंगलमा सर्च गर्न थालेपछि गाउँ झर्नेक्रममा डम्बरहादुरलाई पक्राउ गरिएको डिएसपी चिमरियाले बताए । घटनापछि गिरी दम्पतीको पाँच छोराछोरीको बिचल्ली भएको छ ।

प्रकाशित: २४ आश्विन २०७७ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App