बिहीबार प्रदेश २ मा ८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै संक्रमितको कूल संख्या १३ हजार ६ सय ११ पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा ४, महोत्तरीमा ३, सर्लाहीमा १, रौतहटमा ४, बारामा ६, पर्सामा २७, सिरहामा २४ र सप्तरीमा १३ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा यस प्रदेशका दुई जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ। रौतहटको ईशनाथा नगरपालिका ४ का ७४ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको छ। सिरहा गोलबजार २ का ७७ वर्षीय पुरुषको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ।
यससँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३५ पुगेको छ। सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८ जना, रौतहटमा ७ जना, सर्लाहीमा ७ जना, महेत्तरीमा १५ जना, धनुषामा १६ जना, सिरहामा १३ जना र सप्तरीमा १५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बिहीबार २९ जना संक्रमित निको भएर घर फर्केका छन्। यससँगै यस प्रदेशमा निको हुनेको संखया १० हजार ५ सय ७१ पुगेको छ। यस प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ५ छ।
प्रकाशित: १५ आश्विन २०७७ १२:५१ बिहीबार