पछिल्लो २४ घण्टामा १३ सय ५६ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार १ सय ५४ पीसीआर परीक्षण गर्दा १३ सय ५६ जनामा संक्रमण देखिएको हो। यो सँगै संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ।
थप २ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४२९ पुगेको छ। पछिल्लो २४ घण्टामा ८२३ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित: ६ आश्विन २०७७ १०:३८ मंगलबार