१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

होम आइसोलेसनमा बस्न हिँडेका इन्जिनियरको दुर्घटनामा मृत्यु

मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको आज मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा न ७ का २८ वर्षीय दीपेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।  

मिनीबसको ठक्करबाट घाइते भएका अधिकारीलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। मिनीबस र चालक प्रहरी नियन्त्रणमा छन्। अधिकारी मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा इन्जिनियर पदमा कार्यरत थिए। मृतक कोरोना सङ्क्रमित रहेको र होम आइसोलेसनका लागि घर जानेक्रममा मिनीबसको ठक्करबाट मृत्यु भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए। 

प्रकाशित: ३ आश्विन २०७७ १४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App