१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

'डिसइन्फेक्ट' गरेर बस छुटाईँदै, यात्रुलाई गाडीभित्रै मास्क

गोरखाबाट छुट्ने सवारी साधनलाई डिसइन्फेक्ट गरिँदै । तस्बिर : नरहरि/नागरिक

गोरखामा आजदेखि यात्रुबाहक सवारी साधन चल्न थालेको छ। गोरखा भएर काठमाडौँ, चितवनका लागि बस छुटाउन डिसइन्फेक्ट गरिरहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीका गोरखास्थित सेवाप्रदायक कार्यालयका सदस्य बिपिनचन्द्र ढकालले बताए।  

‘हरेक दिन गोरखाबाट छुट्ने यात्रुबाहक बसलाई हामी डिसइन्फेक्ट गछौँ’ उनले भने। गाडी छुट्नु अघि बसपार्कमा डिसइन्फेक्ट गरेर मात्रै यात्रु चढाईनेछ। चालकलाई भाईजरसहित, मास्क, पञ्जा अनिवार्य गरिरहेको छ भने सह चालकलाई पनि माक्स, पञ्जा अनिवार्य छ। ‘यात्रु पनि सबैलाई मास्क बिना यात्रा गराउँदैनौँ’ उनले भने।  

मास्क नलगाई गाडी चढ्नेलाई मास्क दिने र भाडामा थप १० रुपैयाँ मास्कको शुल्क लिने समितिले जनाएको छ। ‘विश्वकर्मा पूजा भएकाले आज गाडी दिउँसोबाट छुटाइएको र शुक्रबारबाट नियमित क्यूमा गाडी चलाउने प्रालीले जनाएको छ।  

ग्रामिण भेगका सबै रुटमा पनि नियमित गाडी चल्ने दरौँदी यातायात प्रालिका सदस्य अन्जनबाबु खत्रीले बताए। ‘केही दिन क्यू फ्रि गर्छौँ’ उनले भने ‘त्यसपछि नियमित क्यूमा पालो अनुसार गाडी चल्छ।’ पहिले गाडी चलेका र अहिले सडक अवस्था राम्रो भएका सबै रुटमा बस छुटाउने उनले बताए। 

भाडा भने पहिलेको भन्दा ५० प्रतिशत थप लाग्नेछ। सिट क्षमता ३० भएका गाडीले १५ जना मात्र वा यात्रा गराउन सरकारले ब्यवसायीलाई अनुरोध गरेको छ। चैत दोस्रो सातादेखि बन्द रहेको गोरखाको लामो दूरी करिब साढे ५ महिनापछि संचालनमा आएको हो।

प्रकाशित: १ आश्विन २०७७ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App