३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बाह्रबिसेमा भीषण पहिरोः तीन जनाको शव फेला, २४ जना बेपत्ता (अपडेट)

विस्तृत विवरण आउन अझैं समय लाग्ने

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ भुम्थाङका विभिन्न तीन स्थानमा आइतवार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पहिरोमा कम्तीमा २४ जना बेपत्ता भएका छन्।  

यो पनि पढ्नुहोस्

सिन्धुपाल्चोकमा भीषण पहिरोः ९ घर पुरिए, दर्जनौं बेपत्ता

इलाका प्रहरी कार्याल्य बाह्रबिसेका इन्स्पेक्टर नबराज न्यौपानले बिहान ४ बजेतिर स्थानीय नाङबुचे भीरखर्क र डाँडागाउँमा बस्तीमाथिबाट पहिरो खसेको बताए। नाबुचेमा ठूलो परिवारको बस्ती छ। उनकाअनुसार अहिलेसम्म १२ घर पहिरोले पुरेको विवरण प्राप्त भएको छ।  

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोली उद्धारमा जुटेको घटनास्थलमा रहेका इन्स्पेक्टर न्यौपालेले जानकारी दिएर

घटनाको विस्तृत विवरण आउन अझैं समय लाग्ने न्यौपानेको भनाइ छ।

प्रकाशित: २८ भाद्र २०७७ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App