४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाको मृत्यु

फाइल तस्बिर

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष छन्। मृत्यु हुनेमा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १/१ जना महिला छन् भने सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जना पुरुष छन्। यस्तै रुपन्देही र महोत्तरीका २/२ जना पुरुषको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २२१ पुग्यो।  

यस्तै पछिल्लो २४ घण्टामा १२ सय २१ जना संक्रमित थपिएका छन्। संक्रमित मध्ये ३४८ महिला र ८७३ पुरुष छन्। १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण गर्दा उक्त संक्रमित भेटिएका हुन्। यस्तै २६७ जना डिस्चार्ज भएका छन्।  

देशभर १ सय ४४ जना आइसियूमा र १७ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै काठमाडौंमा ३७२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ४५ संक्रमित भएका छन्।  

 

प्रकाशित: १४ भाद्र २०७७ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App