२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रदेश २ मा एकैदिन थपिए २११ संक्रमित

प्रदेश २ मा सोमबार २ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेको छ । एक साता भित्र मात्र १ हजार ५ सय ५५ नयाँ संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार सबैभन्दा बढी बारामा १ सय ६ जना संक्रमित थपिएका छन् । यससँगै बारामा कूल संक्रमितको संख्या ४ सय ३५ पुगेको छ । पर्सामा २७ जना संक्रमित थपिएसँगै १ हजार ३ सय १९ पुगेको छ । धनुषामा १७ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ हजार ७१ पुगेको छ । महोत्तरीमा १४ जना थपिएसँगै कूल संक्रमित संख्या १ हजार २३ पुगेको छ । 

सर्लाहीमा १८ जना थपिएसँगै संक्रमितको संख्या ९ सय ६४ पुगेको छ । रौतहटमा १९ जना थपिएर संक्रमितको संख्या १ हजार ४ सय २५ पुगेको छ । सप्तरीमा ६  जना थपिएरसँगै संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । सिरहामा ४ जना थपिएसँगै संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

सोमबार प्रादेशिक अस्पताल जनकपुरमा धनौजी गाउँपालिका–३ कटैयाका ६५ वर्षीय र रौतहटको गौर नगरपालिका–२ का ३२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयकाले जनाएको छ । यससँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।  सोमबार यस प्रदेशमा ५५ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् । अहिलेसम्म ३ हजार ७ सय ४२ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

आइतबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ का ४३ वर्षीय पुरुष र वीरगंज महानगरपालिका १६ सुगौलीका ४७ वर्षीय पुरुषको मृत्युसँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुने ४५ जनाको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस प्रदेशमा सबैभन्दा बढी पर्सामा २१, धनुषामा ८, बारामा ६, सप्तरीमा ३, रौतहटमा २, महोत्तरीमा २, सिरहामा २, सर्लाहीमा १ जनाको मृत्यु भएको छ। यस प्रदेशमा ३ हजार ६ सय ८७ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित: १ भाद्र २०७७ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App