१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी हिरासतमा मृत्यु

धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय अम्मरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।  

मदिरा सेवन गरी गाउँघरका स्थानीयवासीलाई मार्छु र आफू पनि मर्छु भनेर तर्साउँदै आएका चन्दले आफन्तलाई पनि दुःख दिएपछि आज बिहान ३ बजे वडा नं १९ मा रहेको सीमा प्रहरी चौकी बहुलिया प्रहरीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेको र शौचालय गएको अवस्थामा त्यही मृत फेला परेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।  

मृतक चन्दको घाँटीमा गहिरो चोट रहेको र घटनास्थलमा ब्लड फेला परेको बताइएको छ। उनको शव अहिले परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: २८ श्रावण २०७७ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App