२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सीमा नाकामा आउजाउ गर्न दिइदा कोरोना फैलने जोखिम बढ्यो

कपिलवस्तुका सीमा नाकाहरुमा आउजाउ गर्न दिइदा जिल्लामा फेरी कोरोना फैलने जोखिम बढेको छ । कोरोना भाइरसका कारण सरकारले तोकिएको नाकाबाट मालबाहक सवारी सधान बाहेक अरुलाई आउजाउ गर्न रोकेको छ । तर कपिलवस्तुृमा भने सुरक्षाकर्मीले नै नाकाबाट नेपाली र भारतीयहरुलाई आउजाउ गर्न दिइरहेका छन् । जिल्लाको यशोधरा गाउँपालिकासंग सीमा जोडिएको नजिकैको भारतीय शोरतगढ बजारमा ३४ जना कोरोना संक्रमित भेटिएका छन् । 

यस्तै कृष्णगनर नगरपालिकासंग जोडिएको भारतीय बजार बढीनमा समेत ४ जना कोरोना संक्रमित भेटिएका छन् । कृष्णनगर, मर्यादपुर, चाकरचौडालगाएतका एक दर्जन चलन चल्तीका नाकाबाट भने आउजाउ गर्न दिइएको छैन । तर चोर नाकाबाट भने सुरक्षाकर्मीहरुले नेपालबाट भारत जान र भारतबाट नेपाल आउन दिने गरेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिकाको मर्यादपुर नाकाबाट मालबाहक साधनलाई मात्र छिर्न दिइको छ । मान्छेलाई आउजाउ गर्न दिएको छैन । 

तर सो नाकोको एक किलोमिटर पश्चिम हड्डीहवा भन्ने स्थानबाट भने सुरक्षाकर्मीले निर्वाध रुपमा मान्छेलाई आउजाउ गर्न दिएका छन् । सो नाकामा आउजाउ गर्दा भारतीय र नेपाली सुरक्षाकर्मीले नै मालसामान जाँच गर्ने गरेका छन् । खासगरी अहिले नेपालीहरु सो नाका हुँदै भारतको खुनुवा शोहरतगढ लगायतका स्थानमा किनमेलका लागि जाने गरेका छन् । उपचार, पारिवारीक भेट लगायतका कामकालागि समेत सीमापारी जाने गरेका छन् । बिरामी र जरुरी काम परेकालाई आउजाउ गर्न सहुलियत दिनुपर्नेमा जसलाई पनि आउजाउ गर्न दिइएपछि जिल्लामा कोरोना फैलन खतरा बढेको स्वास्थयकर्मी बताउँछन् । 

उता सहायक प्रजिअ गणेश नेपालीले सीमा नाकाहरुमा मासिनहरुको आउजाउ र चलहपहल बढेको विषयमा गुनासाहरु आएको बताए । उनले मुस्लिमहरुको दोश्रो प्रमुख चाड बक्राईदका कारणले सीमामा चलहपहल बढको बताए । उनले सीमा नाकामा कडाई गर्न नेपाल र सशस्त्र प्रहरीलाई निदेशन दिएको बताए । उनले सीमा नाकाबाट आउजाउ गर्दा कोरोना फैलने जोखिम रहेकोले नाकामा कडाई गर्नुपर्ने बताए ।  

समुदायस्तरमै कोरोना फैलिएको भन्दै बैकल्पिक शैक्षिक क्रियाकलाप रोक्न निर्देशन  

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ मा समुदायस्तरमै कोराना फैलिएपछि शैक्षिक क्रियाकलपा रोक्न प्रशासनले निर्देशन दिएकोछ । शिवराज नगरपालिका– १ साबिक शिवपुर गाबिसमा २ शिक्षक, ३ बिद्यार्थी, वडा सचिव उनकी श्रीमतीसहित ३६ जना एकै पटक कोराना संक्रमित भेटिएपछि प्रशासनले बिहीबार सो सूचना जारी गरेको हो । यसअघि शिवराज नगरपालिकाले बैकल्पिक माध्यमबाट पढाउने गरी शिक्षण संस्था खोलेको थियो । बुद्धुभुमी र बाणगंगा नगरपालिकामा समते बिद्यालय संचालन गरिएको थियो । शिवारज नगरपालिकामा समुदायस्तरमै कोरोना फैलिएपछि ती ३ वटै पालिकाले शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका छन् । सरकारले शैक्षिक संस्था नखोल्न निर्देशन जारी गरे पनि बैकल्पिक माध्यमबाट पढाउने गरी बिद्यालय संचालन गरिएको थियो । 

जसले गर्दा शिवराज नगरपालिकामा अहिले कोरोना समुादय स्तरमै फैलिएको छ । निमित्त प्रजिअ गणेश नेपालीले सरकारी निर्णय अनुसार जिल्लामा शैक्षिक संस्थामा शैक्षिक क्रियाकलाप नगर्न सूचना जारी गरिएको बताए । जिल्लामा ७ सय ९९ जा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये ५१ जना मात्र सकृय केस रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

प्रकाशित: १५ श्रावण २०७७ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App