१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोक गुण्डु बस्ने वर्ष २५ को अनिस पञ्चलाई पक्राउ गरेको हो । महेश्वरी थापा मगरको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी अनिस पञ्च भएको बैंकिङ कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७६ असार १० गते ६ लाख ९५ हजार पाँच सय जरिवाना फैसला भएका उनलाई परिसरबाट खटाइएको प्रहरी टोलीले पक्राउ गरेको हो । पञ्चलाई सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा जरिवाना तिरी छुटेको जनाइएको छ ।

प्रकाशित: १२ श्रावण २०७७ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App