१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जंगली च्याउ खाँदा एकको मृत्यु, सातजना बिरामी

जाजरकोटमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकै घरका ६ जनासहित सातजना बिरामी परेका छन् । नाम नखुलेको जंगली विषादी च्याउ खाँदा कुशे गाउँपालिका–१, स्याक्रीकी दुई वर्षीया अनुजा चलाउनेको मृत्यु भएको हो ।

शनिबार टेकबहादुर चलाउनेको घरमा नाम नखुलेको जंगली च्याउ ल्याएर उनीहरूले खाएका थिए । बिरामी भएकी उनको स्थानीय एक मेडिकलमा उपचार हुँदै गर्दा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोले जनाएको छ । २३ वर्षीय ललित चलाउने, १५ वर्षीया औसरी चलाउने, १२ वर्षीया धनसराकुमारी चलाउने र १५ वर्षीया पशुपतिकुमारी चलाउने च्याउ खाएर बिरामी भएका छन् । उनीहरूको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । सोही गाउँका ४९ वर्षीय टेकबहादुर चलाउने, ३८ वर्षीया कल्पना चलाउने र कुशे गाउँपालिका–२, मामा घरमा बस्दै आएकी की ८ वर्षीया निरुता सिंह पनि बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

च्याउ खाएर गम्भीर बिरामी भएका चारजनालाई हेलिकोप्टेरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको डिएसपी श्रेष्ठले जनाए ।

प्रकाशित: १२ श्रावण २०७७ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App