१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बैतडीको पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

बैतडीको पञ्चेश्वरमा स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी । तस्बिरः नागरिक

बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बिओपी स्थापना गरिएको हो ।

पञ्चेश्वर बहुउद्देशीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख  डिएसपी अमित सिंहले बताए । उक्त बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले गरे ।  बिओपीमा सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ । बिओपी स्थापनाका लागि पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा उपलब्ध गराएको हो । यसअघि बैतडीको झुलाघाटमा पनि गत जेठ १० गते बिओपी स्थापना गरिएको थियो ।

बिओपी स्थापनाले सीमा सुरक्षाका लागि सजिलो हुने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।

प्रकाशित: १७ असार २०७७ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App