१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१० वर्षपछि बम विस्फोटका आरोपित पक्राउ

१० वर्षपहिले गुडिरहेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इशनाथ नगरपालिकाको रामपुरखाप गाउँका शेख गुलाम सरबर र दिलीपकुमार साह रहेका छन् । साह सरबरका साथी भएको बताइएको छ ।

२०६७ चैत ११ गते रौतहटको हजमिनियामा बम विस्फोट भएको थियो । गौरबाट चन्द्रनिगाहपुरतिर गइरहेको सार्वजनिक बस ना२ख ५७२१ मा बम विस्फोट भएको थियो । विस्फोटमा १३ जना घाइते भएका थिए । विस्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो ।  

सोही घटनाका अभियुक्तका रुपमा रहेका दुई जनालाई प्रदेश २ प्रहरी कार्रयलयबाट खटिएकाे विशेष टाेली र रौतहट प्रहरीकाे सयुक्त प्रयासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । घटनामा सात जना संलग्न रहेका थिए । सात जनामध्ये पाँच जना अझै पनि फरार छन् । दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेर घटनाको अनुसन्धान अगाडि बढेको हो ।

शाह र सरबरला प्रदेश टोलीले गत एक सातादेखी पछ्याउदै आएको थियो । उनीहरूमाथि बम विस्फोट, चन्दा आतंकमा पनि संलग्नता भएको प्रहरीले जनाएको छ ।

फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्याल्य रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । साेही घटनाका अभयुक्

प्रकाशित: १० असार २०७७ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App