१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

धनकुटा नगरपालिकामा स्मार्टभिलेज कार्यक्रम सुरु

धनकुटा नगरपालिकामा स्मार्टभिलेज कार्यक्रम सञ्चालन हुन थालेको छ । नगरका ग्रामिणबस्ती नमुना गाउँ बनाउनको लागि नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो । नगरका किसानको घर सरसफाई, सूचना प्रविधिमा पहुँच विस्तार र उर्जामा सहयोग गरेर स्मार्ट भिलेज कार्यक्रम गरिरहेको धनकुटा नगरपालिकाका मेयर चिन्तान तामाङले बताए । 

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र पर्डेप नेपालको प्राबिधिक सहयोगमा यो अभियान सुरु भएको हो । नमुना गाँउ बनाउने अभियानका साथ सुरु भएको यो अभियानका लागि एक करोड १५ लाख खर्च हुने भएको पर्डेप नेपालका कार्यक्रम संयोजक मिन सुवेदीले बताए । स्मार्ट भिलेजको लागि ९५ प्रतिशत अनुदानमा होमबायो ग्याँस निर्माण हुनेछ । 

कुहिने फोहोरमैलामा एक बाल्टी गोबर घोलेको पानी दिनमा एकपटक प्रयोग गर्दा मज्जाले उर्जा उत्पादन हुने धनकुटा नगरपालिका वडा नं. १० का किसान खड्गबहादुर भट्टराईले बताए । होम वायो ग्यासको प्रयोगबाट किसानलाई दोहोरो फाइदा पुगेको उनले बताए । त्यस्तै प्लाष्टिक टनेल हाउस ६ सय वटा, प्लाष्टिक पोखरी ६ सय वटा, गाउँगाउँमा वाइफाइ सेवा वितरण गरिने भएको छ । 

गाउँमा गोठ सुधार गर्ने, मौरीपालन गराउने लगायतका काम हुने मेयर तामाङले बताए । यस्तै सवै गाउँमा सडक पूर्वाधार विकास गर्न, शिक्षा स्वास्थ्य पहुँच पुर्याउने, बालबालिका र अपागंमैत्री पुर्वाधार निर्माण गर्ने लगायतको कार्य समेत हुने भएको छ ।

प्रकाशित: ३ असार २०७७ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App