९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना संक्रमण बढेपछि ‘आफ्नो घर, आफै शिल’

कोरोना भाइरसको उच्च जोखिम बढ्न थालेपछि दैलेखका गाउँगाउँमा स्थानीयहरुले आआफ्नो घर शिल गरेका छन्।  उनीहरुले बाहिर वा गाउँकै अन्य ब्यक्तिहरु घरमा सहज छिर्न नपाउन भनेर घर शिल गरेका हुन्।  

 उनीहरुले स्थानीय बाँस तथा डोरीले घरलाई वरिपरिबाट घेरेका हुन्।  नयाँ तथा गाउँकै ब्यक्ति घर पुग्दा पनि घरभित्र छिर्न पाउँदैन्।  काम विशेष आए, बाहिरैबाट सोधपुछ गरेर फर्कन्छ।  गाउँमा पनि जोखिम बढ्न थालेपछि उनीहरुले आफ्नो घर शिल गरेका हुन्।  गाउँघरमा उपलब्ध सामाग्रीबाटै उनीहरुले घर, तथा परिवारलाई कोरोना भाइरस संक्रमित ब्यक्तिसंग सिधा सम्पर्क नहोस् भनेर घर शिल गरेको बताउँछन्।  भारतबाट आउनेहरु सिधै घरभित्रै आउन थालेपछि आफुहरुले डोरीले घर वरपरि बाँधेर आउन निमिल्ने बनाएको दुल्लु नगरपालिका –१ नाउलेका धर्मबहादुर खड्काले बताए।  ‘डोरी बाँधेपछि घरभित्र नयाँ मान्छे आउन पाएको छैन्। ’ खड्काले भने, तार बाँधेको देखेर बाहिरैबाट मान्छेहरु फर्कन्छन्।  जसले गर्दा जोखिम कम भएको छ। ’ उनका अनुसार गाउँमा प्राय घरहरुमा डोरी लगाईएको छ यदि डोरी नभएको ठाउँमा बाँस बाँधेर घर घेरिएको छ। 

 काम शिलशिलामा धेरै भारत गएकाहरु फर्किपछि गाउँमा समुदायस्तरबाट सजकता अपनाइएको दुल्लुका दिनेश खड्काले बताए।  गाउँमा नयाँ मान्छे आएपछि सोधखोजी हुने गरेको उनको भनाई छ।  क्वारेटिनमा पनि भद्रगोलसंग बसालिएपछि दैलेखमा कोरोना संक्रमण तिव्र गतिमा बढेको छ।  नगरपालिकाले भारतबाट आएकाहरुको ब्यवस्थापन र परीक्षणमा लागिरहेको अवस्थामा चनाखो भएर समुदायमा पनि सजकता अपनाईएको पाईएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए।  मंगलवार (आज) सम्म दैलेखमा ६ सय ३४ जना संक्रमित फेला परेका छन्।  सवैभन्दा धेरै नारायण नगरमा पनि देखीएको छ।  त्यहाँ स्थानीयहरुले नयाँ मान्छेलाई घर प्रवेशमा रोक लगाएका छन्।  

अनिश्चितकाल नगरपालिकामा निषेधआज्ञा जारी गरिएको छ।  नौमुले गाउँपालिकामा बनाईएको क्वारेन्टिनभित्र एक कोठाबाट अर्को कोठाका ब्यक्तिसंग नभेटिने गरि बाँसले घेरेर बनाईएको छ।  शौचालय पनि छुटटै बनाईएको छ।  स्थानीय श्रोत साधन प्रयोग गरेर एक ब्यक्ति अर्को ब्यक्तिसंग सम्पर्कमा नआउने गरि क्वारेन्टिन बनाईएको नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए।  नौमुलेमा पनि समुदायले घरहरु शिल गरेर सुरक्षित रुपमा दैनिकि कामहरु गर्दै आएका स्थानीय अगुव संदीप विकले बताए।  

 

 

प्रकाशित: २ असार २०७७ १६:३३ मंगलबार

कोभिड १९ कोरोनाभाइरस