१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बझाङमा कोरोना पोजेटिभ संख्या आठ पुग्यो

बिश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) संक्रमितको संख्या बझाङमा आठ पुगेको छ भने अझै पोजेटिभको संख्या बढ्ने सम्भावना देखिएको छ ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका ३ मा रहेको मेल्तडि माबि लमतडा दारु गाउँको क्वारेन्टिनमा बसेका ६ जना र केदारस्यु गाउँपालिकामा १ र बिथ्डचिर गाउँपालिका १ गरि बझाङमा कोभिड १९ को संक्रमितको संख्या ८ पुगेको छ । पोजेटिभ भएका मध्य ७ जना पुरुष र १ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभतm जोशीले जानकारी दिएका छन् ।

कोभिड-१९ कोरोना भाइरस संक्रमित हुनेहरु मध्य ७ जना भारतबाट आएको र एक जना काठमाडौबाट जिल्ला भित्रिएका ब्यतिm भएको समेत स्वास्थ्य कार्यालयले जानाएको छ । जिल्लामा अहिले सम्म पिसिआर परीक्षण ३ सय जनाको गरेको छ । पोजेटिभ मध्य एक जना सुर्खेत र १ जना डडेल्लधुरा र ६ जना गाउँमै रहेका छन् ।

लमतडा माबि क्वारेन्टिनमा रहेका ६७ जना मध्य २० जनाको पिसिआर परीक्षण मा ६ जनामा पोजेटिभ देखिएको खप्तडछान्ना गाउँपालिका ३ का वडा अध्यक्ष मंगल सुनारले बताए ।

उनले भने गाउँमा निकै त्रास फैलिएको छ अहिले मान्छेहरु घर बाहिर जान समेत डराएका छन् । थप अन्यको स्वास्थ्य परीक्षण हुने तयारीमा रहेको छ ।

प्रकाशित: २४ जेष्ठ २०७७ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App