३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रवासी नेपालीद्वारा भारतमा रुकुम घटनाको विरोध

भारतको महाराष्ट्र स्थित पुनामा रहंदै आएका प्रवासी नेपालीहरुले विहिवार रुकुम घटनाको विरोध गरेका छन्। विरोध प्रर्दशन गरी महाराष्ट्र पुनाका जिल्ला अधिकारी श्री कटरियालाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाई नेपालमा जातीय विभेदको कारण २१ वर्षीय युवक नवराज विक सहित ६ जना युवाको हत्या गरिएको जानकारी गराएका छन्।  

ज्ञापन पत्र भारतको महाराष्ट्र स्थित सोसल अर्गनाइजेशनका अध्यक्ष दिलिप सिंह विश्वकर्मा, सामाजिक अभियन्ता जयसिंह आउजी,वलबहादुर जैगडी र रोहित लोहारको पहलमा हस्तातन्तरण गरिएको हो । जाजरकोटका नवराज विक रुकुम सोती – ८ की मल्ल थरकी युवतीसँगको प्रेम सम्वन्धमा रहेको र केटीले नै आफ्नो अन्तै विवाह हुन लागेको आफुलाई लिन आउ भनेपछि युवक विक सहित १८ जना गएका थिए। घरमा नपुग्दै वाटोमा जातीय विदेभको शब्द प्रयोग गरी केटीपक्ष सहित गाउँलेको सहभागितामा हत्या गरी भेरीमा फालिएको थियो। उनीहरुलाई घरेलु हातहतियारले कुटपिट गरी मारिएको शवका प्रमाण,स्थानीयवासी घटनावाट बचेका युवाहरुवाट जानकारी भइसकेको अवस्थामा सरकारले घटनामा संलग्न सवैलाई पक्राउ  गरी कानुनी कारवाही गर्न आग्रह गरेको छ। प्रवासमा रहेर पनि नेपालको राजनीतिक आन्दोलनदेखि प्राकृतिक प्रकोपमा समेत प्रवासी नेपालीले गरेको ऐतिहासिक सहयोग र संघर्ष रहेको जनाएका छन्। महाराष्ट्र स्थित नेपाली कामगार सेना भारत, प्रवासी नेपाली संघ भारत, अखिल भारत नेपाली एकता मंच, नेपाली जनसम्पर्क समिति भारत, प्रवासी जनसमाज भारत, प्रगति नेपाली समाज भारत, संयुक्त नेपाली श्रमिक संघ भारत र सुदुरपश्चिमेली नेपाली समाज भारतले संयुक्त रुपमा विरोध जनाएका हुन्।  

विहिवार सम्पन सो विरोध कार्यक्रममा नेपाली सोसल अर्गनाइजेशनका संसस्थापक दिलिप विश्वकर्मा, अखिल भारत एकता मंचका घनश्याम स्वार, प्रवासी नेपाली संघका मुकेश कुंवर, जयसिंह आउजी, मोहन लोहार, कालुसिंह लोहार, दिपक सुनार, झप्पर कडारा, रविन्द्र विक, नेपाली कामगार सेना भारतका सुरेश सोनी, सन्जु परियार, रोहित लोहार, भरत आउजी, नेपाल जनसम्पर्क समितिका अध्यक्ष विक्रम खड्का,सुदुरपश्चिम समाजका वल बहादुर जैगडी र संयुक्र नेपाली श्रमिक संघका अध्यष नैन वहादुर लुहार उपस्थित थिए ।  

 

 

 

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App