रुकुम पश्चिममा नवराज विक सहित ६ जनाको हत्या भएको घटना प्रति अमेरिकाको वासिंगटन स्थित अन्तराष्ट्रिय दलित अधिकार आयोग (आइसिडिआर)ले भत्र्सना गरेको ।
एक विज्ञप्ति जारी गर्दै सरकारले तुरुन्तै संघीय संसदीय तहको उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरेको छ। यो घटनामा स्थानीय जनप्रतिनिधीकै संलग्नता रहेको आशंका रहेको जनाउँदै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन अनुसार पीडकलाई कारवाही र पीडित पक्षलाई न्यायको सुनिश्चता हुनु पर्ने माग गरेको छ।
घटनाको प्रकृति अनुसार नवराज सहित ६ जना युवाहरु भाग्ने क्रममा भेरीमा हाम फालेको नभई हातहतियारको प्रहारले हत्या गरी भेरी नदीमा फालिएको आयोगको दावी छ। सो अनुसार हत्यामा संलग्न सवैलाई कडा छिटो भन्दा छिटो कारवाही हुनु पर्ने माग छ।
प्रकाशित: २२ जेष्ठ २०७७ ०४:४९ बिहीबार