४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

एकै दिन पाँच सय बढी क्वारेन्टिनमा

कर्णालीमा शनिबार मात्रै पाँच सय २४ जनालाई क्वारेन्टाइमा राखिएको छ । योसँगै कर्णालीमा दुई हजार एक सय ७९ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा १८ जना क्वारेन्टिनबाट घर फर्किएका छन् । रोजगारीका लागि भारत गएका कर्णालीवासीलाई अनिवार्यरूपमा २१ दिन क्वारेन्टिनमा बसेर मात्र घर पठाउने प्रदेश सरकारले निर्णय गरेको छ । सोहीअनुसार भारतबाट फर्किएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । हालसम्म क्वारेन्टिनमा बस्नेको संख्या ६ हजार ६ सय ९७ जना पुगेका छन् । उनका अनुसार प्रदेश अस्पताल सुर्खेतमा चारजनालाई आइसोलेसनमा राखिएको छ ।

कर्णालीमा दुई सय २७ वटा क्वारेन्टिन छन्, जसमा बेड ६ हजार आठ सय ४७ बेड रहेको जनस्वास्थ्य महाशाखा प्रमुख तिवारीले जनाए । जनस्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा पाँच सय ४० वटा आइसोलेसन तयारी पारिएको छ । आइसीयुको बेड संख्या ४० र भ्यान्टिलेटर १७ वटा छन् । एक सय १४ वटा हेल्थडेस्क रहेको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रकाशित: १० जेष्ठ २०७७ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App