१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा अढाई वर्षिय बालक सहित थप १२ जना कोरोना संक्रमण

कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुमा १२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसको  आधिकारिक पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अझै गरी सकेको छैन । बुधवार पुष्टि भएका मध्ये नौ जना महाराजगंज नगरपालिकाका र तीन जना बिजयनगर गाउपालिकाका हुन्। 

१२ जना मध्ये ५ पुरुष र ७ महिला रहेका छन्। महाराजगंज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम जैसवाल अनुसार महाराजगंज नगरपालिका–८ सिसवाका ८ जना  र वडा नम्बर १ का एक जना संक्रमित भेटिएका हुन्। महराजगंजमा ७ महिला र २ पुरुष संक्रमित भेटिएका हुन्। वडा नम्बर ८ सिसवाका भेटिएका संक्रमित दुई पविारका हुन्।

 त्यस मध्ये आमा  छोरीलाई नै संक्रमति छन्। वडा नम्बर ८ सिसवाका अढाई वर्षिय बालक, चार र ६ वर्षिया बालिका, ३२ वर्षिया महिला २ जना, २५ र १६ वर्षिया महिला तथा १२ वर्षिय बालक संक्रमति फेला परेका हुन् । यस्तै नगरपालिका वडा नम्बर १ का २० वर्षिय पुरुष संक्रमति भेटिएका छन । वडा नम्बर ८ मा भेटिएका संक्रमित सोहीि वडामा रहेका मदर्साको क्वारेन्टिनमा छन । यस्तै वडा नम्बर १ मा भेटिएका संक्रमित दुर्गा भवनी महिला विद्यालयको क्वारेन्टिनमा छन्। 

संक्रमित नौ जना नै वैशाख तेस्रो साता भारतको मुम्बईबाट घर फर्केका हुन्। उनीहरूलाई स्थानीयको सहयोमगा क्वारेन्टिन लगीएको थियो । १ सय ८ जनाको स्वाब संकलन गरिएकोमा ९३ जनाको आएको रिपार्टमा नौ जना संक्रमति भेटिएका हुन्। १५ जनाको रिपार्ट आउन बाँकी छ ।  उता बिजयनगर गाउपालिकामा वडा नम्बर २ का २२ वर्षिय र वडा नम्बर ७ का ३५ र ४८ वर्षिय पुरुष संक्रमित भेटिएको गाउपाकिलका स्वास्थ्य संयोजक यज्ञ प्रासद भट्टराईले बताए । 

३५ र ४८ वर्षिया पुरुष दाजु भाई हुन्।  संक्रमित तीन जना नै गाउपालिका– ६ जुडपानी स्थित रामशरण आधारभुत विद्यालयको क्वारेन्टिनमा छन । संक्रमित तिनै जना भारतको मुम्बईबाट फर्केर आएका हुन्। संक्रमित  र ४८ वर्षिय पुरुष यस अघि नै संक्रमति पुष्टि भएका ब्यक्तिसंगै वैशाख तस्रो साता मुम्बईबाट फर्केका हुन ।

उनीहरूले फर्कीनेक्रममा भात संगै खाएका थिए । ४५ जनाको स्वाब संकलन गरि पठाईएको रिपार्ट मध्ये तीन जना संक्रमति भेटिएको हो । जिल्लाका १० वटै पालिकामा संक्रमित भेटिएका छन्। 

प्रकाशित: ७ जेष्ठ २०७७ ०७:५१ बुधबार

काेराेना सङ्कट