कलैयामा रहेको एक रेडियोमा काम गर्ने पत्रकार पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। करैयामाई गाउँपालिका ५ तेतरिया टोल निवासी ३८ बर्षिय पत्रकार कोरोनाबाट संक्रमित भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले कलैयाको एक रेडियोमा काम गर्ने पत्रकारमा कोरोना भाइरस रहेकोको बताएका छन्। कोरोना संक्रमित भएका पत्रकरलाई सम्पर्कमा ल्याउनेक काम शुरु गरिएको प्रजिय पण्डितले बताए।
वीरगन्जका दुई जना पत्रकारमा कोरोना भाइरस लागेको पुष्टि भए पनि बाराका ४१ जना पत्रकारहरुले कलैया अस्पतालमा कोराना परीक्षणको लागि स्वाब संकलन गराएका थिए।
पत्रकारहरुको संकलन गरिएको स्वाब परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइको र स्वाब परीक्षणपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ती पत्रकार कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको हो।
कोरोनाबाट संक्रमित भएका पत्रकार गाउँमा झगडा भएको कारणले केही पहिला जिल्ला प्रहरी कार्यालयमा जाँदा उनी मुद्दा शाखामा पनि बस्ने गरेका थिए। मुद्दा शाखामा बस्ने क्रममा शाखामा कार्यरत प्रहरीको सम्पर्कमा समेत उनी आएको थिए।
दुई दिन पहिला मात्रै जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत रहेका २९ बर्षिय प्रहरी जवानमा कोरोना भाइरसबाट संक्रिमित भेटिएका थिए।
यस सँगै जिल्लामा पत्रकार, प्रहरी गरेर कोरोना संक्रमितको संख्या ५ पुगेको छ। बिश्रामपुर गाउँपालिका ४ बलिरामपुरका १, जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर र १९ इनर्वामा बस्दै आएका दुई जना गरेर पाँच जनामा कोरोना लागेको पुष्टि भएको छ ।
प्रकाशित: ५ जेष्ठ २०७७ ०५:१७ सोमबार