२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

संक्रमित आंशका गरिएका यूवा काठमाडौं ओहोर दोहोर गर्थे

प्रजिअ लामिछानेको नृतृत्वमा लालपुर गाउँ शिल गरिदै ।

पेशाले रागाका (कसाई) बुच्चर गुलरिया नगरपालिका–११ लालपुरका २८ वर्षिय एक यूवकलाई कोरोना संक्रमण आंशका गरिएको छ । तर, संक्रमित आंशका गरिएका यूवाको स्वाब काठमाडौंमा संकलन भएको थियो । गुलरिया नगरपालिका १० का यूवा संक्रमित पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

संक्रमितको आंशका गरिएका यूवा पाँच दिन अघि काठमाडौं कालिमाटी नजिक रहेको आफ्नै रागाको पसल संचालनका लागि गएको गुलरिया नगरपालिका–११ का वडा अध्यक्ष रामनारायण प्रसाद केशरीले बताए ।  

उनी लकडाउँमा घर आएका यूवा पाँच दिन अघि  पुनः काठमाडौं फर्किएका थिए । उनका अनुसार  काठमाडौंमा स्वाब परीक्षणपछि कोरोनाको संक्रमण भएको बुझिएको छ । अध्यक्ष केसरीका अनुसार पाँच दिन अघि ट्रकमा चढेर उनी काठमाडौं गएका थिए ।

तर, स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा बर्दियामा एक जना संक्रमित उल्लेख भएको विवरणमा फरक परेको स्वास्थ्य कार्यालय जनाएको छ । स्वास्थ्य मन्त्रालय शनिबार बिहान जारी गरेको प्रेस विज्ञप्तीमा बर्दिया राजापुर ११ नार्खु २८ वर्षिय महिला उल्लेख गरिएको थियो ।  

तर,जिल्लामा राजापुर नगरपालिका ११ वडा पनि नरहेको, जिल्ला भित्र नार्खु ठाउँको नाम नभएको र प्रेस विज्ञप्तीमा महिला उल्लेख भएको विवरण गलत सावित भएको छ । राजापुर नगरपालिका–११ को नार्खुको महिला संक्रमित नभई गुलरिया नगरपालिका–११ का २८ वर्षिय पुरुषमा कोरोना संक्रमित भएको खुलेको छ ।

यसअघि राजापुर–५ बदालपुरकी एक बालिकामा कोरोना संक्रमित पुष्टि भईसकेको छ । लालपुरका यूवा संक्रमित भए दुई जनामा कोरोना संक्रमित हुनेछन् ।

स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीका अनुसार कार्यालयलाई प्राप्त जानकारी अनुसार र स्वास्थ्य मन्त्रालयसँग सोधपुछ गर्दा कतिपय कुरा बुझ्दा मिल्दो भएको संक्रमित भएको आंशका गरिएको हो । आधिकारीक स्वास्थ्य मन्त्रालयबाट प्रेस विज्ञप्ती जारी भएपछि मात्र संक्रमित भएको पुष्टि हुन्छ ।

यूवाको घर सिल

संक्रमित युवाको घर स्थानीय प्रशासनले सिल गरेको छ । गाउँको वरीपरी सशस्त्र प्रहरी परिचालन गरी थप कडाई गरेको छ । संक्रमित आंशका गरिएको घरको आधा–आधा किलोमिटर नेषेधाज्ञा जारी गरेको छ । गाउँका कोहि पनि बाहिर ननिस्कने गरी प्रहरी परिचालन गरेको प्रजिअ प्रेमलाल लामिछानेले जानकारी दिए ।  

‘घर परिवारको निगरानी प्रशासनले गरिरहेको छ’उनले भने,‘अब गाउँले र परिवारहरुको स्वाव संकलन गर्ने तयारीमा हामी छौ ।’  

प्रकाशित: ३ जेष्ठ २०७७ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App