४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ

रसुवा - रसुवामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३६ वर्षीय छोवाङ नाम्गेल घले रहेका छन्। 

उनले एक जना महिलालाई राति सुतिरहेको अवस्थामा जवरजस्ती करणी प्रयास गरेका थिए। घटना भए लगत्तै महिलाको श्रीमानले उनलाई लखेटेका थिए। त्यसपछि उनी आफैं सुरक्षाको माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय रसुवा पुगेका थिए।  

बुधबार बिहान पीडितले कारवाहीको माग गर्दै किटानी जाहेरी दिएपछि उनी कार्यालयबाटै पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई जिल्ला अदालत रसुवाबाट करणी सम्बन्धी कसुर पहिलो पटक १५ दिनको म्याद थपेर हिरासत राखिएको छ। उक्त मुद्दाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७७ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App