५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

देउवाको गृह पालिका गन्यापधुराले दोस्रो चरणमा राहत वितरण गर्दै

राहत वितरणका लागि गाउँपालिकामा भण्डारण गरिको चामल लगायत खाद्यान्न वस्तु ।

डडेल्धुरा- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाले निम्नस्तरका गाउँपालिकावासीलाई दोस्रो चरणमा राहत वितरण गर्ने भएको छ । लकडाउनका कारण प्रभावित भएका असंगठित कामदारहरुलाई पहिलो राहत वितरणको पहिलो चरणमा खाद्यान्न वितरण गरेको गन्यापधुरा गाउँपालिकाले दोस्रो चरणमा पनि राहा वितरण गर्ने भएको हो । पहिलो चरणमा गाउँपालिकाले चार सय ५१ परिवारलाई राहतमा खाद्यान्न वितरण गरि सकेपछि दोस्रो चरणमा पनि राहत वितरण गर्न लागेको गाउँपालिकाले जनायो ।
 
दोस्रो चरणमा गरिन लागेको राहत वितरणमा गाउँपालिका भित्रका सबै दलित परिवारलाई समेटिने छ । गाउँपालिका भर १ हजार १ सय ८० परिवार दलित छन् । सबै दलित परिवारलाई अवस्था हेरी राहत वितरण गरिने अध्यक्ष नबलबहादुर मल्ले बताए ।

गाउँपालिका भित्र रहेका अति विपन्न परिवारहरुको लागत संकलन गरि पहिलो चरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार राहतमा चामल, दाल, तेल, नुन, चिनि र साबुन वितरण गरेको थियो । तर दोस्रो चरणमा भने गाउँपालिका भरिका एक हजार एक सय ८० दलित परिवारलाई खाद्यान्न वितरण गर्न लागेको गाउँपालिका मल्लले बताए ।

राहत वितरण गर्ने पहिलो चरण अन्तरगत गत चैत २२ गते आपत कालिन बैठक बोलाई निर्देशिका बमोजिम दैनिक ज्यालादारिमा काम गरी हातमुख जोर्ने, असहाय कमजोर आर्थिक स्थिती भएका, अति विपन्न वर्ग समुदायको लागत संकलन राहतमा खाद्यान्न वितरण गरेको अध्यक्ष मल्लले बताए ।

पहिलो चरणमा दैनिक ज्यालादारिमा काम गर्ने परिवारमा दुई जना सदस्य संख्या भन्दा बढी सदस्य भएकाहरुलाई चामल ३० किलो, तीन किलो दाल, दुई लिटर तेल, दुई किलो नुन र दई किलो चिनिका दरले राहत वितरण गरिएको थियो । भने दुई जना सदस्य संख्या रहेका परिवारलाई त्यसको आधा १५ किलो चामलका दरले राहत वितरण गर्ने मन्त्रालयको परिपत्रमा थियो । यसमा स्थानीय तहले केही तलमाथि मिलान गर्न सक्ने निर्देशिका थियो । अध्यक्ष मल्लले भने, तर हामिले मन्त्रालयको निर्देशिका बमोजिम हु बहु पालन गरी राहत वितरण गरेका छौ । यस्तै अति विपन्न समुदायका तर दोहोरा सुबिधा पाउने सामाजिक सुरक्षा भत्ता पाउने गरेका परिवारलाई पाँच÷पाँच किलो चामल दिइएको उनले बताए ।

दोस्रो चरणको राहत वितरणमा भने गाउँपालिका भरिका सबै दलित परिवारलाई परिवारको संख्या, आमदानीको स्रोतका आधारमा एक परिवारलाई १० किलो चामलसंगै मात्रा मिलाई दाल, तेल, नुन, चिनि र साबुन वितरण गर्ने निर्णय गाउँपालिकाले बैशाख ५ गते निर्णय गरेको र वितरण सुरु गर्न लागेको उनको भनाई छ ।

गाउँपालिकामा मध्यम वर्ग समुदायको बाहुल्यता रहेकोले राहत वितरणका लागि लगत संकलन गर्न निकै समस्या भएको गाउँपालिका अध्यक्ष मल्ले बताए । न त सम्पन्न परिवारहरु छन् । उनले भने, न त सबै थोक किनेरै उपभोग गर्ने परिवार छन् । भनौ भने अधिकांस विपन्न छन् । त्यति सम्पन्न परिवारहरु गाउँघरमा छैनन् । यस कारण राहत वितरणका लागि लगत संकलन गर्न समस्या छ । यस कारण राहत वितरणमा विवाद पनि आउने गरेका छन् ।

उनले थपे, हामिले निर्देशिका अनुसार दैनिक ज्यलादारिमा काम गरी साँझा बिहानको छाक टार्ने वास्तविक समुदाय वर्गका परिवारहरुलाई वडामा सर्वपक्षिय रुपमा बैठक बसाई लगत संकलन गरी पहिलो चरणमा राहत बाडेका छौ । अझै पनि साँच्चिकै दैनिक ज्यालादारिमा काम गरी छाक टार्ने निम्न समुदायका परिवार छुटेका छन् भने सम्पर्कमा आए गाउँपालिकाले राहत प्रदान गर्ने छ ।

दोस्रो चरणको राहात वितरणमा गाउपालिका भरिका सबै दलित परिवार लाई अवस्था अनुसार भेरै थोरै रुपमा खाद्यान्न वितरण गर्ने काम सुरुवात गर्न थालेको उनले बताए ।

 

 

 

 

 

 

प्रकाशित: ७ वैशाख २०७७ १५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App