४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लाबासीको घरदैलोमा स्वास्थ्यकर्मी

जुम्ला - विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस ¬(कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी घरदैलोमा परिचालन गरेको छ। चैत ३० गते देखि चन्दननाथ नगरपालिकाको वडा नं. १ बाट स्वास्थ्यकर्मीको घरदैलो शुरु गरेको हो। स्वास्थ्यकर्मीले कोरानाको रोकथाम,नियन्त्रण र जनचेतनामुलक कार्यक्रम गर्नेछन्। 

जुम्लाभर परिचालनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सक सहित २० जनाको टोली बनेको छ। टोलीमा नर्सिङ, चिकित्सक र जनस्वास्थ्य विज्ञ सामेल छन्। यो टोली हरेक दैलोमा पुग्नेछ, प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले भने,‘ अनुसन्धान, उपचार र सचेतनाका क्रियाकलाप गर्नेछ। ’

स्वास्थ्यकर्मीको घरदैलो कार्यक्रमले जुम्लालाइ कोरानामुक्त बनाउन मद्धत मिल्ने रजिष्टार काफ्ले बताउँछन्। विदेशबाट आएका र स्वदेशमै रहेका शंकास्पद बिरामीको -यापिड टेस्ट गरिनेछ। स्थानीय सरकार संग समन्वय गरेर स्वास्थ्यकर्मीको सेवालाइ प्रभावकारी बनाउनको लागि आवश्यक छलफल गर्ने भएको छ। 

यो टोलीले जनतालाइ ढुक्क बनाउने, त्रासपुर्ण माहोललाइ शान्तिपुर्ण बनाउने र कोराना नियन्त्रणमा नआउँदा सम्म यो टोली घरदैलोमै रहनेछ। नेपालमा संक्रमितको संख्या बढिरहेको बेला कर्णाली प्रतिष्ठानले अघि बढाएको यो कदम निकै प्रसंसनीय रहेको छ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मंगल रावल चन्दननाथ नगरपालिका १ देखि पाइलटिङको रुपमा स्वास्थ्यकर्मीको घरदैलो शुरु भएको बताउँछन्।

यसअघि जुम्ला कालिकोटको सिमानामा रहेको स्वास्थ्य सहायता कक्षमा खटिएका स्वास्थ्यकर्मीलाइ १४ दिन सम्म क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनको समय बिताइसकेपछि उनीहरुलाइ  घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले स्वास्थ्यकर्मीको घरदैलोमा पुग्ने अभियानको अवधारणा बन्यो,‘ निर्देशक रावल भन्छन्,‘ जनस्वास्थ्य कार्यालय संग समन्वय गरेर गुठिचौर र पातारासीमा पनि प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली खटिइएको छ। यो टोलीले -यापिड टेस्ट गर्ने छ। आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनेछ।’

निर्देशक रावलले थपे,‘ जुम्लामा स्वास्थ्यकर्मीको घरदैलो शुरु भइसकेको छ। प्रतिष्ठानले ६० जना स्वास्थ्यकर्मी खटाएर प्रत्येक पालिकामा १०÷ १० जना परिचालन गरेर यहाँको स्वास्थ्य अवस्थालाइ मजबुद बनाउने छ।’ कर्णाली प्रदेशका दस वटै जिल्लाले समन्वय गरेर झण्डै तीन चार सय स्वास्थ्यकर्मी परिचालन गरेर घरदैलो अभियानलाइ विस्तार गर्न सकेको खण्डमा निकै राम्रो हुने छ। चाइनाको हुवान मोडलमा पाँच जना पब्लिक हेल्थका विज्ञलाइ कमाण्डर बनाएर प्रत्येक जिल्लामा ५० देखि ६० जना सम्म स्वास्थ्यकर्मी परिचालन गर्न सकेको खण्डमा कोरानामुक्त कर्णाली बनाउन सकिने चिकित्सकहरुको सुझाव छ। 

टोलीले शंकास्पद ब्यक्ति भेटिने बित्तिकै घरमै -यापिड टेस्न गर्ने छ। कोराना पोजेटिभ देखिएको खण्डमा सिधैँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका लागि पठाउनेछ। कोराना नेगेटिभ देखियो। तर शंका लागिरहेको छ भनेपनि स्वाब परिक्षणका लागि कर्णाली अस्पतालमा पठाउनेछ। स्वास्थ्यकर्मी नै घरदैलोमा पुगेपछि स्थानीयको आर्थिक भार पनि निकै कम हुने र जनताकोे स्वास्थ्यमा जिम्मेवार र जवाफदेही भएको सन्देश प्रवाह गर्नेछ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तत्काल पिसिआर मेसिन किन्दैछ। २ सय बेडको आइसोलेसन तयारी अवस्थामा राखेको छ। जनस्वास्थ्य कार्यालयको टोली -यापिट टेस्ट गर्न गाउँगाउँमा पुगेको छ। लकडाउनका लागि जिल्लाबाहिर बाट भित्रिने संख्यामा कमी आएको छ। अहिले सम्म जुम्लामा कोराना संक्रमित भेटिएका छैनन्।

प्रकाशित: ४ वैशाख २०७७ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App