१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विपदमा जुट्दै टीकापुरका सहयोगी हातहरु

टीकापुर - कोरोना भाइरसका कारण जनजीवन प्रभावित बन्दै गएपछि टीकापुर नगरपालिकालाई सहयोग गर्नेहरुको संख्या बढ्न थालेको छ। संक्रमणको सन्त्रास बढेसँगै आर्थिक अवस्था कमजोर भएका विपन्न घरपरिवारलाई राहत प्रदान गर्न नगरपालिकाले बनाएको आकस्मिक कोषमा विभिन्न संघसंस्था र व्यक्तिहरुले नगद तथा जिन्सी सामाग्री प्रदान गर्न थालेका छन्। 

आज मात्रै विभिन्न संघसंस्थाहरुले नगरपालिकाको आकस्मिक कोषमा रकम जम्मा गरेका छन। यसरी रकम जम्मा गर्नेमा कञ्चन विकास बैंक, टीकापुर बचत तथा ऋण सहकारी संस्था, जनकल्याण बचत तथा ऋण सहकारी संस्था रहेका छन्।

नगरपालिकाका अनुसार बैंकका शाखा प्रबन्धक रमेश भाटले ३५ हजार, टीकापुर बचतका अध्यक्ष सुरेन्द्र शाहले १५ हजार ५५५ र जनकल्याणका अध्यक्ष बद्रिप्रसाद भट्टराईले ११ हजार नगद जम्मा गरेका छन्।

त्यस्तै टीकापुर नगरपालिकाका लेखापाल नन्दबहादुर केसीले समेत आकस्मिक कोषमा ११ हजार रुपैयाँ जम्मा गरेका छन्। त्यस्तै दीगो विकास संस्था भजनीले सामाग्री प्रदान गरेको छ। संस्थाले १५ कठ्ठा चामल, ३५ किलो दाल, ५ पेटी पानी, २५०० पिस साबुन, त्रिपाल, डस्टबिन, झुल लगायत सहयोग गरेको छ। संस्थाका कार्यकारी निर्देशक लक्ष्मीदत्त भट्टले सामाग्री हस्तान्तरण गरेका छन्।

त्यस्तै हिजो रोजगारीका क्रममा अष्टेलियामा रहेका हिरण्य रावलले नगरपालिकाको आकस्मिक कोषमा ५१ हजार जम्मा गरेका छन्। रावलकी भाञ्जी गीता कुँवरले नगद रकम मेयर तपेन्द्र रावललाई हस्तान्तरण गरेकी छन्। 

नगरपालिकालाई यसअघि नेपाल बंगलादेश बैंक, एनआईसी एशिया बैंक लगायतले समेत खाद्य सामाग्री प्रदान गरेका छन। 

मेयर रावलले सहयोगीदाता सबैलाई धन्यवाद दिनुका साथै विपदको लडाँईमा सहयोग गर्न सबैमा आग्रह गरेका छन। उनले स्थानीय सरकार समस्याको समाधान गर्न प्रयासरत रहेको बताए।

प्रकाशित: २४ चैत्र २०७६ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App