१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई युवा ९० थान लागुऔषधसहित पक्राउ

उदयपुर- कोरोना भाइरस (कोभिड–१९) को त्रासले १० दिनयता लकडाउन जारी छ। घोषित लकडाउन सफल पार्न चारैतिर नेपाल प्रहरी र सशस्त्र जवान सुरक्षामा खटिरहेका छन्। यस्तो समयमा पनि लागुऔषध प्रयोग, ओसारपसार र बिक्री वितरण भने चलिरहेकै पाइएको छ। उदयपुरसँग सिमाना जोडिएको सप्तरीतर्फको जंगलबाट लागुऔषधसहित उदयपुरका २ युवा बुधबार साँझ पक्राउ परेका छन्। सप्तरीसँग जोडिएको त्रियुगा नगरपालिका-२ खुदियाही जंगल भएर दक्षिणी भेगबाट भित्रिदै गरेको बेला ९० थान लागुऔषधसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

लकडाउनको अनुगमन गस्ती गर्दै पुगेको प्रहरी टोलीले जंगलबाट मोटरसाइकलमा घाँस लिएर फर्कदै गरेका सोही ठाउँमा २४ वर्षीय बिबेक राई र २२ वर्षीय भूपेन्द्र राईलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट सो लागुऔषध फेला परेको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। मगरका अनुसार घाँसभित्र लुकाएर ल्याएको अवस्थामा उनीहरुको साथबाट डाईजोल्याव ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल र फेनारगन ३० एम्पुल बरामद भएको छ।

उनीहरु सवार लु ४६ प ४४८ र स ११ प ४९७५ नं. का २ मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको छ। साँझ ७ बजे पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान सुरु भएको एसपी मगरले बताएका छन्।

लकडाउनको सकशपूर्ण अवस्थामा पनि यस्तो घटना भेटिनुले लागुऔषधको बिक्री वितरण, ओसारपसार र कारोबारको जालो धेरै फराकिलो भएको अनुमान प्रहरीको छ। ‘ मान्छे कडाउनले घरबाहिर निस्कन नपाएर निस्सासिनु परिरहेको बेलामा पनि लागुऔषध ओसारपसार भएको पाइयो’ मगर भन्छन् ‘यसले के देखाउँछ भने दुई नम्बरीहरु विपद्को घडीमा पनि कमाउधन्दा र आपराधिक गतिबिधिलाई जारी राखेका छन्।’

प्रहरीले लकडाउनका बेला पनि लागुऔषध कारोबार, बिक्री वितरण र ओसापसार भएको पाएपछि संभावित सिमानाका र स्थानहरुमा कडाईका साथ प्रस्तुत हुने तयारी गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २० चैत्र २०७६ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App