१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटन पत्रकारिताबाट नागरिककर्मीसहित तीन पत्रकार पुरस्कृत

धरान- पूर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले पाँचथरका नागरिककर्मी गिरीराज बाँस्कोटासहित तीन पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।

सेछले स्थापना गरेको सेछ पर्यटन पत्रकारिता पुरस्कारबाट बाँस्कोटासहित सुनसरी धरानका दिनेश गजमेर र इटहरीका विराट अनुपम पुरस्कृत हुन लागेका हुन्। सेछले एक विज्ञप्ती जारी गर्दै तीन वर्षयताको पत्रकारिता पुरस्कार एकै पटक प्रदान गर्न लागेको जानकारी दिएको छ। सेछले २०७४ सालको पुरस्कारबाट पत्रकार गजमेरलाई पुरस्कृत गर्ने जनाएको छ भने २०७५ सालको पुरस्कारबाट पाँचथरका बा“स्कोटालाई र २०७६ सालको पुरस्कारबाट इटहरीका विराट अनुपमलाई प्रदान गरिने जनाएको हो।

शनिबार एक कार्यक्रमबीच प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा यो पुरस्कार दिइनेछ। पुरस्कारको राशी जनही १० हजार रुपैया“ रहेको छ। सेछकी प्रमुख एलिना मगरका अनुसार २०७४ सालदेखि वितरण गर्न रोकिएको पुरस्कार एकै पटक दिइन लागिएको हो।

पर्यटन विषयमा कलम चलाउने पत्रकारहरुलाई सेछले २०७१ सालदेखि पुरस्कृत गर्दै आएको थियो। यसअघि २०७१ सालमा नागरिककर्मी रोहित राई, २०७२ सालमा गोपाल दाहाल र २०७३ सालमा भैरव आङ्लाले यो पुरस्कार पाएका थिए। २०६८ सालमा धरानमा स्थापना भएको सेछ ट्राभलिङले पूर्व क्षेत्रको पर्यटनलाई व्यवसायिकरण गर्ने प्रयासमा छ।

प्रकाशित: १६ फाल्गुन २०७६ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App