१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमामा लागुऔषध नियन्त्रण अभियान

वार्षिकोत्सवमा निकालिएको जनचेतनामुलक र्‍याली ।

भैरहवा- रुपन्देहीको सिमानाका बेलहियामा चलाइएको अभियानले लागुऔषध अपराध र तस्करी नियन्त्रण गरेको छ।
विगत ३ वर्षदेखि स्थानीय संसार विजय गुरुङको नेतृत्वमा स्थानीय बेलहिया गाउँ समाज, इलाका प्रहरी कार्यालय बेलहिया र विभिन्न १८ वटा संघसंस्थाहरुको पहलमा सुरु भएको लागुऔषध नियन्त्रण अभियान सिधा कारबाहीले लागुऔषध प्रयोगकर्ताहरु र कारोबारीहरुमा कमि आएको हो।

विकृती विसंगति रहित समाजको निर्माण, युवा वर्गलाई लागुऔषधको दलदलबाट बाहिर ल्याई लागुऔषध मुक्त समाजको निर्माण गर्नका लागि लागुऔषधको कारोबारीलाई सरकार सामु कारबाही गर्ने र लागुऔषधको सेवन गर्नेलाई परिवारको जिम्मा लगाउने काम यो अभियानले गरिरहेको अभियान्ता स्थानीय संसार विजय गुरुङले बताए। 'सुरुवातमा दैनिक ३० जनासम्म लागुपदार्थ सेवनकर्ता भेटिए पनि अहिले दैनिक एक दुई जना मात्र भेटिने गरेकोले अभियान सफल भएको पाएका छौ,' गुरुङले भने।

३ वर्षदेखि चलाइको अभियानले अहिले बेलहिया नाकामा एकाध घटना भए पनि पहिला भन्दा धेरै सुधारमा आएकोे छ। सिमापारीका भारतीय प्रहरी प्रशासन, स्थानीयहरुसँग समन्वय गरेर भारतीय ड्रग निरीक्षकको कमाण्ड र सुनौली प्रहरी चौकी प्रभारीले पनि नियन्त्रणमा साथ दिइरहेकोले भारतबाट पनि नियन्त्रण भइरहेको छ।

अभियान सुरु गरेको ३ वर्षको अवसरमा बेलहियामा जनचेतनामुलक प्रभातफेरी गरी वार्षिकोत्सव मनाइएको छ। बेलहिया गाउँ समाज र इलाका प्रहरी कार्यालय बेलहियाको आयोजनामा भएको सो कार्यक्रममा विभिन्न संघसस्था, स्थानीय, विद्यार्थीहरुको सहभागिता थियो। भन्सार कार्यालय अगाडिबाट सुरु भएको प्रभातफेरी बेलहिया बजार बइपास रोड हुँदै पुनः सोही ठाउमा पुगी कार्यक्रम सम्पन्न भएको थियो।
 

प्रकाशित: ८ माघ २०७६ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App