१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बुबाको सम्झनामा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

जिल्ला अस्पतालका डा. शैलेस श्रेष्ठलाई अक्सिजन उपकरण प्रदान गर्दै वडाध्यक्ष टंकप्रसाद आचार्य (ढाका टोपीमा)। तस्बिर:नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा बेँसीटोलका ६ दाजुभाईले जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन मेसिन) प्रदान गरेका छन्।

अभिनारायण आचार्य, हिराप्रसाद आचार्य, बिष्णुप्रसाद आचार्य, तेजप्रसाद आचार्य, कोपिलप्रसाद आचार्य र शिवकुमार आचार्यले आफ्नो स्वर्गीय बाबु भवकृष्ण आचार्यको वार्षिक पुण्यतिथिको अवसर पारेर शनिबार जिल्ला अस्पतालाई एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका हुन्।

उनीहरुले जिल्ला अस्पतालमा कार्यक्रम गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यको हातबाट जिल्ला अस्पतालका डा. शैलेस श्रेष्ठलाई अक्सिजन उपकरण प्रदान गरेका हुन्। अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीको सहजताका लागि अस्पतालाई ८० हजार मूल्यको अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हिराप्रसाद आचार्यले बताए।

‘हाम्रो बिरामी बुवालाई अक्सिजन दिएर छ महिनासम्म बचाउन सकेका थियौँ, अक्सिजन नपाएको भए त्यती लामो समयसम्म बचाउन सम्भव थिएन,’ आचार्यले भने, ‘अन्य बिरामीलाई पनि त्यसरी नै बचाउनका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका हौँ।’ आचार्य दाजुभाईले जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरेका छन्।

 

प्रकाशित: १३ पुस २०७६ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App