१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सामुहिक बलात्कारका मुख्य अभियुक्त ३ बर्षपछि पक्राउ

कपिलवस्तु- ३ बर्ष अघि कपिलवस्तुको मायादेवी गाउँपालिकाका– १ पकडीमा एक युवतीलाई सामुहिक बलात्कारपछि फरार रहदै आएका मुख्य अभियुक्तलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ।

सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पकडीको टोलीले कलामुद्दीनलाई पक्रेको प्रहरी नाएव उपरीक्षक सुनिल मल्ले बताए। २०७३ माघ १६ गते कलामुद्दीनसहित ५ जना युवाहरुले सामुहिक बलात्कार गरी त्यसको भिडियो बनाई सामाजिक संजालमा राखेका थिए।

घटनापछि उनी फरार रहदै आएका थिए। घटनामा पाचै जनालाई अदालतले २०७५ असोजमा जिल्ला न्यायाधिश लोकजंग शाहको ईजलासले दोषी करार गरेको थियो। अदालतले घटनामा संलग्न ५ जनालाई ११ बर्ष कैद तथा १/१ लाख रुपैयाँ जरिवाना तोकेको थियो। घटना लगत्तै कलामुद्दीनलाई प्रहरीले पक्राउ गरेको थियो।

अदालतले पहिलो पटक कलामुद्दीनलाई धरौटीमा रिहा गरेको थियो। पछि आफनै फैसलालाई उल्टाउदै पाँचै जनालाई दोषी ठहर गरेको थियो। धरौटीमा रिहा भएपछि कलामुद्दीन फरार भएका थिए। मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरेको छ।

फैसला कार्यान्वयनको लागि प्रहरी तथा कारागारलाई आदेश गइसकेको अदालत प्रशासनले जनाएको छ। भारत घर भई आफ्नो मामा घर पकडी बस्ने बर्ष २० कि युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७३ साल माघ २६ गते पिर्चुखी स्थित मर्थी खोला नजिकै नियन्त्रणमा लिई सामूहिक बलात्कार भएको थियो।

बलात्कार पश्चात् युवतीको नग्न भिडियो समेत बनाई सामाजिक संजालमा हालिएको थियो। सोहि आधार तथा प्रमाण अनुसार प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको थियो। २ जना युवा भने फरार छन्। उनीहरुको खोजी भईरहको प्रहरीले जनाएको छ। पक्राउ परेका कलामुद्दीनलाई आईतबार अदालत हाजिर गरी कारागार चलान गरिने प्रहरी नायव उपरीक्षक मल्ले बताए।

प्रकाशित: ७ मंसिर २०७६ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App