१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अकुपाई टुँडिखेल अभियान: टुडिखेलमा रोपिए खरीका बोट

अकुपाई टुँडिखेल अभियानअन्तर्गत टुँडिखेलमा खरीको बोट रोप्दै वृक्षरोपण गर्दै वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठलगायत। तस्बिर: श्याम/नागरिक

काठमाडौं - सम्पदा संरक्षण अभियन्ताले ‘अकुपाई टाुडिखेल’ अभियानअन्तर्गत टुँडिखेलमा खरीको बोट वृक्षरोपण गरेका छन्। शनिबार टुँडिखेलमा वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलगायतले वृक्षरोपण गरेका हुन्।

टुँडिखेलको अतिक्रमण रोक्न गत शनिबारबाट अकुपाई टुँडिखेल अभियान सञ्चालन भएको थियो। अकुपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले अभियानको दोस्रो कार्यक्रमअन्तर्गत वृक्षरोपण गरेको बताए। ‘आजको हाम्रो कार्यक्रमको मुख्य वातावरणसम्बन्धी हो,’ उनले भने, ‘अतिक्रमणले खुला ठाउँका सबै रुख मासिएका छन्। अक्सिजनको आवश्यकता पनि पर्छ। अर्को पुस्ताले पनि यसको अपनत्व दिइयोस भनेर रुख रोपेका हौँ।’ उनले रोपेको विरुवाको संरक्षण पनि गर्दे जाने बताए।

टुँडिखेलमा भएको खरिको बोट सांस्कृतिक र राजनीतिक महŒव रहेको विज्ञ बताउँछन्। वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठका अनुसार टुँडिखेलको बीच भागमा दुई वटा खरीकोे रुख थिए। एक वटा रुखमा चौतारी बनाएर राजनीतिक भाषण गरिन्थे। अर्को खरीको रुखलाई भने संस्कृतिको रूपले लिन्थे। ‘पहिले टुँडिखेलमा सांस्कृतिक र राजनीतिक महŒवको रूपमा लिएको दुई वटा खरीको बोट थियो,’ उनले भने, ‘एक रुखमा एक मुरी चामलको भात र राँगाको मासु ल्याएर पूजा गरी भोज चलाइन्थ्यो। त्यो रुखको वरिपरि तर्साउने भनेर कोही हिँड्ने आँट गर्दैनथ्यो। अर्को रुखमा मैले नै नेताका भाषण सुनेको थिए। तर, सबै जग्गालाई अतिक्रमण गरेर ती रुखको अस्तित्व समाप्त गरिँदै गयो।’

उनका अनुसार उक्त रुख चन्द्रशम्शेरको पाला अघिबाटै थिए। त्यतिबेलासम्म राम्रोसँग ती रुखको संरक्षण हुन्थ्यो। पछि काटिए। उक्त रुखमा शुक्रराज शास्त्रीलाई फासी दिइएको थियो। ‘कुनै पनि खुला ठाउँ मास्नु हुँदैन,’ उनले भने, ‘खरीको बोटको आधारमा यहाँ खु्लै राखौँ। खुला पोखरी पनि छोडियोस्। रुख भएन भने फोक्सो नभएको जस्तो हुन्छ।’

उनले पहिले अक्सिजनको अभावले गर्र्दा पुस–माघको समयमा रानीपोखरीका माछा मरेको बताए। उक्त कार्यक्रममा सम्पदा अभियान्ता सुशान वैद्मले अतिक्रमित टुँडिखेल मुक्त नभइन्जेल तीन महिनासम्म दबाबमूलक कार्यक्रम गर्दै जाने बताए। उनले भने, ‘म यही टुँडिखेलमा हुर्केको मान्छे हुँ। पहिले खुलामखुला खेलिन्थ्यो। अहिले खेल्ने खाली ठाउँ नै छैन। ऐतिहासिक टुँडिखेल बचाउने सबैको दायित्व हो।’

जनस्तरबाट टुँडिखेल बचाउन लागे पनि सरकारी निकायका उच्चपदस्थबाटै अतिक्रमणको चपेटामा पर्दै गएको उनको भनाइ छ। अकुपाइ टुँडिखेल अभियानअन्तर्गत तीन महिनासम्म चेतनामूलक कार्यक्रम गर्ने अभियान्ताले जनाएका छन्। अर्का सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठले सार्वजनिक स्थल सबै खाली नै रहनुपर्ने बताए। उनले टुँडिखेलमा एक वटा खरिबोटको बिरुवा रोपिएको र अर्को साचीको रूपमा गमलामा उक्त रुख रोप्ने बताए।

प्रकाशित: १ मंसिर २०७६ ०२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App