१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अयोध्यामा राम मन्दिरको पक्षमा फैसला आएपछि नेपालका विभिन्न स्थानमा दिप प्रज्वलन

काठमाडाैँ - बाबरी मस्जिद– राम मन्दिर विवादमाथि भारतीय सर्वोच्च अदालतले गरेको अन्तिम फैसलाको स्वागत गर्दै शनिवार नेपालमा पनि विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।

विश्व हिन्दु परिषद् नेपालले विरगंजमा नेपाल भारत मैत्री युवा संघ सप्तरीको आयोजनामा सप्तरीको राजविराज स्थित जनआन्दोलन चौकमा जिलाेमाइल यूवा क्लव द्वारा जनकपुरमा दिप प्रज्वलन गरेका छन् ।

यसैगरी वैष्णव संघ नेपाल, विश्व हिन्दु परिषद, हिन्दु जागरण महासंघ, एकल विद्यालय अभियान लगायत ले पनि विज्ञप्ति मार्फत निर्णयको स्वागत गरेका छन् । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित स्थल राम मन्दिरलाई दिन र मस्जिदका लागि छुट्टै जमिन दिन आदेश दिएको छ।

सर्वोच्च अदालतका मुख्य न्यायधिश रञ्जन गोगोईको अध्यक्षतामा रहेको संवैधानिक इजलासले शनिबार उक्त विवादमाथि फैसला सुनाएका हुन्। ४० दिनसम्मको लगातार सुनुवाइ १६ अक्टोबरमा सकिएको थियो।

गोगोईले शुक्रबार उत्तर प्रदेश उच्च अधिकारीलाई बोलाएर फैसलाका दिन कानुनी व्यवस्था कडा बनाउन निर्देशन दिएका थिए। फैसलालाई ध्यानमा राखेर अयोध्यामा भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय संचारमाध्यामले जनाएका छन्। सुरक्षाकै कारण उत्तर प्रदेश, कर्नाटक, मध्य प्रदेश, दिल्ली रराजस्थानमा विद्यालय र कलेज बन्द गरिएको छ।

प्रकाशित: २३ कार्तिक २०७६ १५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App