१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

वीरगन्ज- पर्साको जीराभवानी गाउँपालिका–३ परसवाकी नितु देवी पासवानको हत्याको आरोपमा प्रहरीले उनका श्रीमान रामबाबु पासवानलाई पक्राउ गरेको छ। ठोरी गाउँपालिका–५ को सुवर्णपुरमा पर्ने ओरिया खोला नजिकै पुर्वतिरको झाडीमा नितुको शव आइतबार बेलुकी फेला परेको थियो।

घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा नितुको शव स्थानीयले देखेपछि घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। जानकारी पाएलगत्तै पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिहं राठौरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि अनुसन्धान गर्दै जाँदा मृतक नितुका श्रीमानलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

प्रहरी उपरीक्षक राठौर र प्रहरी नायव उपरीक्षक गौतम थापासहितको टोलीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो। अनुसन्धानमा जुटेको प्रहरीले मृतक नितुका श्रीमान् रामबाबु र रामबाबुका भिनाजुलाई अनुसन्धानका सोमबार बिहान नियन्त्रणमा लिएको थियो। ‘दुई जनालाई नियन्त्रणमा लिइ सोधपुछ गरिएको थियो। संलग्नता देखिएको मृतकक ाश्रीमान रामबाबुलाई अहिले अनुसन्धानका लागि हिरासतमा राखिएको छ भने, उनका भिनाजुलाई सोधपुछपछि फिर्ता पठाइएको छ,’ राठौरले नागरिकलाई भने, ‘अहिले अनुसन्धान भइरहेको छ।’

नितुलाई भारतको सिमावर्ती भँगहामा रहेको माइती घरमा पुर्याइदिने भन्दै पासवानले घरबाट आइतबार उनलाई मोटरसाइकलमा चढाएर निस्किएका थिए। बाटोमै धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेंटियो। पर्सा प्रहरीले सूचना दिए अनुसार भारतको बेतिया जिल्ला बरवा पञ्चायत, भंगवाथाना माइती घरमा आफनो दिदीको गवना कार्यक्रममा भाग लिन नितु आफ्नो श्रीमान रामबाबु हजरासँग भारतीय नम्बरको मोटरसाईकल चढी जान निस्केकि थिइन्। 
बाटोमा दुबैबीच भनाभन र वादविवादसमेत भएको थियो। मोटरसाइकलको पेट्रोल सक्कियो, पेट्रोल लिएर आउँछु भनी झुक्याएर रामबाबु गएका रहेछन्।

उनी बागमोर्चा चोकबाट १५ रुपैयाँमा चक्कु किनेकोसमेत प्रहरी अनुसन्धानमा खुलेको छ। दिउँसो करिब १२ बजेको समयमा रोकी नजिकैको बनतुलसीको झांगमा लगेर लडाई घाँटी रेटेर मारेर लासलाई त्यही स्थानमा नै छाडी भागेर फरार रहेको भनी प्रहरीको बक्तव्यमा उल्लेख छ। घटनाको मुख्यअभियुक्त मृतककै श्रीमान रामबाबु रहेकोले उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७६ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App