१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त आठ वर्षपछि पक्राउ

पक्राउ परेका चन्द्रबहादुर तामाङ। तस्विर : नागरिक

धादिङ- ज्यान मार्ने उद्योगमा फरार रहेका जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ का चन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार नेत्रावती गाउँपालिका वडा नं ४ को कटुन्जेबाट पक्राउ गरिएको हो।

२०६८ साल असोजमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ (साविकको सेमजोङ गाविस वडा नं १) बस्ने पेम्बा दोर्जे तामाङलाई तीन जनाको समूहले ज्यान मार्ने मनसायले कुटपिट गरी गम्भीर घाईते बनाएका थिए।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले तीनै जनालाई ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा चलाएको थियो। धादिङ जिल्ला अदालतले २०६९ असारमा उनीहरुलाई १०/१० वर्ष कैद सजाय तोकेपछि फरार भएका थिए।

प्रहरीको खोजी अभियान अन्र्तगत चन्द्रबहादुर पक्राउ परेका हुन्। अन्य दुईजना मैते तामाङ र धने तामाङ भने अझै फरार छन्। उनीहरुको खोजी कार्य गरिएको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।
 

प्रकाशित: १९ कार्तिक २०७६ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App