४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जुवाडे छोडेपछि प्रहरीको आलोचना

कुखुराको खोरबाट पक्राउ परेको जुवाडेहरु। सबैलाई प्रहरीले आइतबारै छोडेको छ। तस्बिर : जिल्ला प्रहरी कार्यालय, सुर्खेतको फेसबुकबाट

सुर्खेत- जुवाको खालबाट रंगेहात पक्राउ परेका छ जना जुवाडेलाई सुर्खेत प्रहरीले छोडेको छ। ८१ हजार नगदसहित वीरेन्द्रनगर–२ खोलीगाउँस्थित स्थानीय लक्ष्मी केसीको कुखुरा खोरबाट शनिबार पक्राउ परेका उनीहरुलाई आइतबार प्रहरीले थुनामुक्त गरेको हो।

प्रहरीले वीरेन्द्रनगर–९ का ४२ वर्षीय गोपाल गुरुङ, ३८ वर्षीय सरोज बस्नेत, ४१ वर्षीय राजन गिरी, ३७ वर्षीय मनोज पन्त, २९ वर्षीय नानुसिंह ठकुरी र ४८ वर्षीय मुकुन्द मानन्धरलाई शनिबार राति साढे दुई बजेतिर पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जुवाडेहरुलाई ‘तिहार मनाउन’का लागि जिम्मा जमानीमा छोडिएको बताए।

‘जुवाखालबाट पक्राउ परेकाहरुलाई फेरि जुवा खेल्न पठाएका होइनौं,’ एसपी पन्तले भने, ‘तिहार मनाउनका लागि जिम्मा जमानीमा छोडेका हौं।’उनले छ जनाविरुद्ध मुद्धा दर्ता भइसकेकाले तिहार लगत्तै फेरि हिरासतमा लिएर मुद्धाको प्रक्रिया अघि बढाइने बताए।

जुवाको खालबाट रंगेहात पक्राउ परेकालाई हिरातमा राख्नुको सट्टा छोडेको भन्दै सुर्खेत प्रहरीको आलोचना भइरहेको छ। ‘शक्तिको आडमा उस्तै प्रकृतिका केहीलाई छोड्ने र केहीलाई हिरासतमै राख्नु गम्भीर विषय हो,’ हिरासतमा रहेका एक थुनुवाले भने। दसैंंयता प्रहरीले विभिन्न ठाउँबाट २५ भन्दाबढी जुवाडेहरुलाई पक्राउ गरेको छ।

 

प्रकाशित: ११ कार्तिक २०७६ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App