१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा

सुरुङ्गा– युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई ४० लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कारागार चलान हुनेमा विर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकण्डिशन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम–१ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने रितु फियाक रहेका छन्।

त्यस्तै भारतको दार्जिलिङस्थित खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शङ्कर र विर्तामोड–४ का २५ वर्षीय प्रकाश दासलाई पनि कारागार चलान गरिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार उनीहरुलाई शुक्रबार जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

विर्तामोडका एक व्यवसायीलाई युवती प्रयोग गरी अपहरण गरेको र नाङ्गो भिडियो बनाएर ४० रुपैयाँ लाख फिरौती माग गरेको आरोपमा उनीहरुलाई प्रहरीले गत असार ३ गते पक्राउ गरेको थियो। रासस

प्रकाशित: १० आश्विन २०७६ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App