१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नगदसहित सुन चोरेर भागेका युवक पक्राउ

साेलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन्। मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन्।

स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा राखेको एक तोला सुनको सिक्री, एक तोलाको औठी, आधा तोलाको अर्को औठी र कतारी एक रियल चोरेर भागेका थिए।

उनलाई तामाखानी प्रहरी चौकीका प्रहरी हबल्दार विनोद केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा स्थानीय एक होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। उनको साथबाट लागुऔषध गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ।(रासस)

प्रकाशित: २५ भाद्र २०७६ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App