१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

करोडौं लगानी, नतिजा शून्यजस्तै

रोल्पा पोलीटेक्नीकल ईन्सिच्युट भवन। तस्बिरः दिनेश/नागरिक

रोल्पा - रोल्पा सदरमुकामस्थित सिटिईभिटिद्वारा सञ्चालित ‘रोल्पा पोलीटेक्नीकल ईन्सिच्युट मेवाङ’ प्राविधिक शिक्षालयमा एक जना मात्र उतिर्ण भएका छन्। गत वर्ष भेटेनरीतर्फको ३ वर्षे 'कोर्ष'मा ३१ जना विद्यार्र्थीले पहिलो वर्षको परीक्षा दिएकोमा एक जनामात्रै उतिर्ण भएका हुन्। लाखौं खर्चेर भर्ना भएका विद्यार्थीको एक वर्षको मेहनत खेर गएजस्तै भएको छ। ३१ जना विद्यार्थी सहभागी परीक्षामा एकजना मात्रै उतिर्ण हुनुले शिक्षालयको पढाइमाथि नै प्रश्न उठेको अभिभावकको भनाई छ।

९६ हजार रुपैयाँ तिरेर भर्ना भएका उनीहरुको वर्षभरीको खर्च जोड्दा लाखौं हुन्छ। तर नतिजा भने शून्यजस्तै आएको छ। शिक्षलयको नतिजा देखेर अभिभावक निरास भएका छन्। ‘स्कुलमा नेपाली माध्यममा पढ्थ्यौं। यहाँ अंगे्रजी माध्यममा पढियोे। त्यसले पनि बुझ्न गाह्रो भएको हो। पढेकै नबुझेपछि कसरी उतिर्ण हुनु। एक विद्यार्थीले भने।’

तर परीक्षामा सफल भएका रोहित घर्तीको भनाई भने भिन्न छ। उनी भने पठनपाठन नराम्रो भएका कारण नभई अरु नैे कारणले विद्यार्थी असफल भएको ठान्दछन्।  ‘पठनपाठन त ठिकै छ।’ 'धेरै विद्यार्थी उतिर्ण हुन सक्नु भएन। त्यो कारण पत्ता लगाउनुपर्छ।' उनले भने।

गत वर्ष ३१ जना विद्यार्थी रहेको यहाँ यो वर्ष विभिन्न जिल्लाका ३७ जनाले अध्ययन गरिरहेका छन्। त्यसो त अघिल्लो शैक्षिक सत्रबाट कृर्षिमा पनि ३८ जनाले अध्ययन गरिरहेका छन्।

सिटिईभिटिले आफ्नो कलेजको नतिजा नराम्रो आएको विषयमा समिक्षा समेत गरेको छैन। ३१ जनामध्ये एक जनामात्रै उतिर्ण भएको यस्तो गम्भीर विषयमा पनि कजेलले चासो दिएको छैन। ‘सिटिईभिटिलाई सिस्टममा नै लगेनन्। छलफल गर्ने, सुधारका लागि के गर्न सकिन्छ भन्ने बारेमा सरसल्लाह नै हुदैन।’ एक स्थानीय भन्छन् ‘केही भन्यो भने बिरोध गरे जस्तो हुन्छ। क्याम्पस प्रसासनकै कारण नतिजा खस्किएको उनको दाबी छ। 'अभिभावकको लाखौं लगानी छ। करोडौंका भवन छन्। तर नतिजा भने शुन्य छ।' उनले भने, यो विषयलाई गम्भीर रुपमा लिएर छलफल गर्नुपर्छ।

त्यसो त रोल्पाका अन्य सामुदायिक विद्यालयको सिकाइ उपलब्धि पनि निकै कम छ। राज्यको करोडौं लगानी रहेका यस्ता विद्यालयमा नतिजा राम्रो आउन नसक्नु चिन्ताको विषय हो।

प्रकाशित: ९ भाद्र २०७६ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App