१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

म बनाउँछु नागको चित्र

– गङ्गा कर्माचार्य पौडेल
‘बुवा ! हाम्रो घरको ढोकामा किन सर्पका फोटा टाँस्नुभएको ?’नाग पञ्चमीका दिन बुवाले नाग टाँस्दै गर्दा मैले सोधेकी थिएँ। बुवाले जवाफमा भन्नु भएको थियो ‘हाम्रो हिन्दू धर्ममा सर्पलाई नाग देवताको प्रतीक मानेर पूजा गरिन्छ। नागको चित्र यसरी ढोकामा टाँस्यो भने सर्पको डर हुँदैन, अनिकाल लाग्दैन र परिवारमा सुखशान्ति छाउँछ भन्ने जनविश्वास छ। त्यसकारण नाग पञ्चमीलाई हामी चाडपर्वकै रूपमा मनाउँछौं। यो परम्परादेखि चलिआएको हो। हामीले हाम्रो धर्म संस्कतिको जगेर्ना गर्दै लानु पर्छ,बुझ्यौ ?’

त्यतिबेला म भर्खर चेतना खुल्दै गरेकी सानी थिएँ। जसले जे काम गरेको देखे पनि मेरो मनमा उत्सुकता जागेर आउँथ्यो र के, किन र कसरी भनेर सोध्ने गर्थे। बुवाले भन्नुभएको कति कुरा बुझें कति कुरा बुझिनँ। तैपनि बुझें भनेर टाउकोचाहिँ हल्लाएँ।

‘अनि किन नौओटा नागको मात्रै फोटा बनाको बुवा ?’ नागका फोटातिर हेरेर मैले फेरि सोधेकी थिएँ।
‘पृथ्वीमा धेरै प्रजातिका सर्पहरू छन्। तीमध्ये विशेष गरी वासुकि, अनन्त, शेष, तक्षक, पद्य, कुलीक, शङ्खपाल, कालीय,धृतराष्ट्र नामका सर्पहरूलाई आदरपूर्वक नागको रूपमा पूजा गरिन्छ भनेर बुवाले पूजा गरिसकेपछि मलाई टीका लाएर दक्षिणा र हातभरि नैवेद्य दिनुभएको थियो। त्यो सम्झिँदा अहिले पनि मुखभरि सरर पानी रसाएर आउँछ।

बिस्तारै म ठूली हुँदै गएँ। बर्सेनि नाग पञ्चमीका दिन हाम्रो घरको ढोकामा नागका फोटो टाँस्ने चलनले निरन्तरता पाउँदै छ। जब म कक्षा पाँचमा पढ्ने भएँ तब एक दिन हाम्रो विज्ञान कक्षामा मिसले सर्पका विषयमा भन्नुभयो ‘मानव जीवनमा सर्पको ठूलो महŒव छ। सर्प हाम्रा मित्र हुन्। यिनीहरू जमिनमुनि बस्ने हुनाले माटो खुकुलो भई उर्वर शक्ति बढ्छ र अन्नबाली सप्रिन्छ। हाम्रो पाकेको अन्नबाली सखाप पार्ने, घरको भित्ता र भुइँ खनेर प्वाल पार्ने मुसालाई सर्पले खाइदिन्छ। सर्पको विषबाट औषधि बन्छ। सर्पमा यस्ता धेरै गुणहरू छन्। त्यसकारण हाम्रो पुर्खाले सर्पको संरक्षणमा जनचेतना जगाउन ढोकामा नागका तस्वीर टाँस्ने चलन बनाएको हुनुपर्दछ।’

मैले सर्पले टोकेर नेपालगन्जकी मेरी सानीमा मरेको झट्ट सम्झें र प्रश्न गरिहालें ‘मिस, सर्पले टोकेपछि मान्छे मर्छ नि त। ढोकामा टाँसेको नागले पनि ती टोक्ने सर्पलाई केही गर्दा रैनछन्। अनि नमारेर के गर्नु त नि ?’ ‘तिमीले सही प्रश्न ग¥यौ। सुन, सर्पलाई देख्नेबित्तिकै लखेट्ने, घोच्ने, ढुङ्गाले हिर्काउने गर्नु हुँदैन। नचलाए सर्पले त्यसै टोक्न आउँदैन। सर्प देखेर मान्छे डराउनु पदैन। मान्छे देखेपछि सर्प आफैँ डराएर सुलुलुल गरी भागिहाल्छ।

अर्को कुरा हो, बर्सेनि ग्रीष्म र वर्षा ऋतुमा सर्पदंशका घटनाहरू बढी सुन्नमा आउँछन्। यो सिजनमा जमिन तात्ने हुँदा गर्मीका कारण सर्पहरू बाहिर निस्केर कतै लुकी बस्छन्। त्यहाँ सर्प छ भन्ने थाहा नपाएर हिँड्दा कुल्चने, धक्का दिने र छुने गर्दा सर्पले प्रतिकारमा मानिसहरूलाई डस्ने गर्छन्। तर, बेलैमा सर्पदंशको उपचार गरेमा निको हुन्छ।’

मिसले भन्नुभएपछि सर्प र ढोकामा नागका तस्वीर टाँस्नुको महत्व बुझें मैले। त्यसपछि एक दिन मैले यसो सोचें, बुवाले सधँै बजारबाट नागका चित्र किनेर ल्याउनु हुन्छ। मैले नि त्यस्तै चित्र बनाएँ भने त त्यो पैसा मैले नै पाउँछु भनेर रहरले नै कापीमा चित्र कोर्न थालें। तर रहर गर्दैमा चित्र कहाँ बन्थ्यो र ? मैले बनाएको नागको चित्र त गँडेउलाको जस्तो पो देखियो। चित्र हेरेर म एक्लै मरीमरी हाँसे। फेरि कोरें तर नागको जस्तो बनेन। ढोका अगाडि घन्टौं उभिएर त्यहाँ टाँसेको नागको जस्तै चित्र उतार्न खोजें भएन। चित्र कोर्दा कोर्दा भए जति कापी सकियो र पनि चित्र कोर्ने रहर मेटिएन। भित्ता र भुईंमा पनि इँटाको टुक््रmाले कोर्न थालें।

आमाले मेरो चित्रमा लगाव भएको बुझेर तालिमको आवश्यक भएको महसुस गर्नुभयो। त्यसपछि उहाँले मलाई कला प्रशिक्षण कक्षमा लगेर भर्ना गरिदिनुभयो। त्यहाँबाट सिकेको सीपले नागका राम्राराम्रा थुप्रै चित्रहरू बनाएर नाग पञ्चमीमा बिक््रmी गर्ने गरेकी छु। मैले बनाएका नागका चित्रहरू छरछिमेक टोलमा मात्र नभई मुलुकका अन्य ठाउँमा पनि उत्तिकै माग छ। म अहिले ६ कक्षामा पढ्दै छु। मलाई सबैले कलाकार सविना भनेर चिन्दछन्। यसरी नागका चित्र बनाएर नाम र दाम दुवै कमाउन सफल भएकोमा अहिले म दङ्ग छु।

प्रकाशित: ७ भाद्र २०७६ ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App