१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताए ।

नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उनको भनाइ थियो । “यसको संरक्षण हामी सबैको साझा दायित्व हो”, उनले भने ।

विभिन्न चाडपर्व, संस्कृति, वेषभूषा, धार्मिक मेला, महोत्सव र सीपमा नेवार जाति समृद्ध रहेको मुख्यमन्त्री गुरुङले बताए । मौलिक पर्व तथा संस्कृतिले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । मुलुकको विविध संस्कृति र सीपलाई जगेर्ना गर्दै आधुनिकतामा  विशिष्टिकरण गरी नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा उनले जोड दिए।

नेवा खल कास्कीका उपाध्यक्ष एवम संस्कृतिविद् तीर्थ श्रेष्ठले रञ्जन लिपी नेपालको संस्कृति भएकाले यसको जगेर्ना गर्नका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे । कार्यक्रममा पोखरा बजारमा गाईजात्रालगायत विभिन्न पर्व र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने नेवार समुदायका अग्रजहरुलाई  सम्मान गरिएको थियो ।

प्रकाशित: ३२ श्रावण २०७६ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App