१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा भर्त्सना

बुटवल- प्रदेश ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गय राति भएको बम विष्फोट घटनाको विभिन्न पार्टीले विरोध एवं भर्त्सना गरेका छन्।

सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गय राति करिब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो। बम प्रहारबाट सचेतक ढकालले चढ्ने गरेको लु१प ४५६ नम्बरकाे सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ।

नेकपा रुपन्देहीले सो घटनाको घोर निन्दा एवं भत्र्सना गरेको पार्टी जिल्ला सचिव निर्मलकुमार जिसीले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा यस खालका घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरिएको छ।

जननिर्वाचित जनप्रतिनिधि र पार्टीका नेताहरुलाई धम्क्याउने, आक्रमण गरी विचलित पार्ने प्रयासस्वरुप गरिएका यस प्रकारका आक्रमणका विरुद्ध संयमता अपनाउन तथा राजनीतिक रुपमा विरोध र सामना गर्न समेत सबैलाई आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै नेपाली काङ्ग्रेस प्रदेश ५ संसदीय दलले समेत सो घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टी संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आज जारी गरेकाे विज्ञप्तिमा यस खालका घटनामा संलग्न व्यक्तिलाई पहिचान गरी कानुनी कारबाहीको माग गरिएको छ। साथै शान्ति सुरक्षा र अमनचयनको वातावरण कायम राख्न समेत विज्ञप्तिमा सरकारसँग माग गरिएको छ। रासस

प्रकाशित: ३१ श्रावण २०७६ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App