१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितकाे निधन, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं - वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ। बिहीबार बिहान कालिकास्थानस्थित घरमै ९७ वर्षको उमेरमा दीक्षितको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पत्रकार कनकमणि दीक्षितले उनको निधन भएको ट्‍विटरमा लेखेका छन्। उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले उल्लेख छन्। यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो। 

आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।  लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे।  माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो।

उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। नेपाली वाङ्गमय क्षेत्रमा उनको योगदानको स्मरण सदा भइरहने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, 'वरिष्ठ साहित्य साधक, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको  निधनको खबरले मर्माहत भएको छु। नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ। स्वर्गीय दीक्षित प्रति भावपूर्ण श्रद्धञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'

प्रकाशित: ३० श्रावण २०७६ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App