१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो, तीन जनाको मृत्यु

त्रिशूलीमा खसेको बस। तस्बिरः सरिता नागरिक

धादिङ - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ।  सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशुली नदिमा खसेको  प्रहरीले जानकारी दिएको छ।

बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन।  अहिलेसम्म १० जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले घटनास्थलबाट जानकारी दिए।  नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्।  अफ्ठयारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए।  थप विवरण आउन बाँकी छ।

प्रकाशित: २४ श्रावण २०७६ ००:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App