काठमाडौं- वैदेशिक रोजगारीको लागि दैनिक सयौं युवा विदेश जान्छन्। कोही केही पैसा कमाएर फर्कन्छन्। कोही रोग लिएर फर्कन्छन् र कोही अंगभंग भएर आउँछन्। तर कोही भने कफिनमा फर्कन्छन्। यो प्रकृया पछिल्लो समय नेपालीहरुको नियति नै बनेको छ।
अधिकांश नेपालीको वैदेशिक रोजगार गन्तव्य मलेसिया, कतार, दुवई जस्ता खाडी मुलुक हुन्। नेपालमा वैदेशिक रोजगारीको सवल पक्ष अर्थात धनआर्जन, रेमिटेन्स तथा सीपका विषयहरु चर्चामा रहँदै गर्दा वैदेशिक रोजगारीमा भोग्नुपर्ने चुनौती छाँयामा पर्दै आएका छन्।
वैदेशिक रोजगार बोर्डले शव ल्याएको आँकडालाई हेर्ने हो भने वैदेशिक रोजगारमा रहेको जोखिमको आँकलन गर्न सकिन्छ। आर्थिक वर्ष २०७४/७५ मा बोर्डले ६८६ शव ल्याएको थियो। जसमा सबै भन्दा बढि मलेसियाबाट २५५ शव ल्याइएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा ७ सय ५३ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो। यस अवधिमा २२९ जनाले मलेसियामा, १३५ जनाले कतारमा, १९४ जनाले साउदी अरेबियामा ज्यान गुमाएका थिए। यस बाहेक युएइ, कोरिया जस्ता मुलकमा समेत अवस्था भयावह रहेको छ।
वैदेशिक रोजगार वोर्ड सचिवालयका सूचना अधिकारी दिनबन्धु सुवेदीका अनुसार वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सूचना नलिँदा दुर्घटना हुने गरेको छ। यसका लागि वैदेशिक रोजगारीमा जानु अघि तालिम तथा सूचनामा आफूहरुले जोड दिएको सुवेदी बताउँछन्। कुनै समय ल्हासा, कहिले भारत त कहिले खाडि मुलुक रोजगारीकै लागि जानु नेपालीको नियती बन्दै आएको छ। त्यस्तै, पछिल्लो समय कोरिया तथा युरोपेली र अमेरिकी मुलुक पनि नेपालीहरुको गन्तव्यमा नपरेका होइनन्। तर, नेपालीहरुको अधिकांश वैदेशिक रोजगारीको गन्तव्य मलेसिया, कतार जस्ता खाडी मुलुकहरु नै पर्दै आएका छन्। नेपालमा वैदेशिक रोजगारीको सवल पक्ष अर्थात धनआर्जन, रेमिटेन्स तथा सीपका विषयहरु चर्चामा रहँदै गर्दा वैदेशिक रोजगारीमा भोग्नुपर्ने चुनौती छाँयामा पर्दै आएका छन्। विगतदेखिको वैदेशिक रोजगारीको गन्तव्य जोखिमपूर्ण देखिन्छन्।
वैदेशिक रोजगार बोर्डले शव ल्याएको आँकडालाई हेर्ने हो भने वैदेशिक रोजगारमा रहेको जोखिमको आँकलन गर्न सकिन्छ। आर्थिक वर्ष २०७४/७५ मा बोर्डले ६८६ शव ल्याएको थियो। जसमा सबै भन्दा बढि मलेसियाबाट २५५ शव ल्याइएको थियो। त्यसमध्ये पुरुषको संख्या २५१ र महिलाको संख्या ५ जना रहेको छ। त्यस्तै साउदी अरेविया,कतार, युएइ जस्ता मुलुकमा पनि जोखिमको अवस्था भयावह छ। सोही आर्थिक वर्षमा साउदी अरेवियाबाट १९३, कतारबाट ११४, यूएइबाट ६३ शव भित्रिएका थिए। त्यसबाहेकका दक्षिण कोरिया, कुवेत, ओमान, बहराइन लगायतका मुलुकहरुको अवस्था पनि उस्तै छ। त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ७५३ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो। यस अवधिमा २२९ जनाले मलेसियामा, १३५ जनाले कतारमा, १९४ जनाले साउदी अरेबियामा ज्यान गुमाएका थिए। यस बाहेक युएइ, कोरिया जस्ता मुलकमा समेत भयावह रहेको छ।
वैदेशिक रोजगार वोर्ड सचिवालयका उपसचिव दिनबन्धु सुवेदीका अनुसार वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सूचना नलिँदा दुर्घटना हुने गरेको छ। यसका लागि वैदेशिक रोजगारीमा जानु अघि तालिम तथा सूचनामा आफूहरुले जोड दिएको सुवेदी बताउँछन्। ‘वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन भाषा, सीप, कानुनबारे २ दिने तालिम दिँदै आएका थियौं। अहिले पाठ्यक्रम सुधार गरेर ३ दिन बनाएका छौं।’ उनले भने ‘तालिमा सामान्य शब्दावली, वातावरण, ट्राफिक नियम जस्ता आधारभूत विषयको जानकारी गराइन्छ।’
त्यस्तै वैदेशिक रोजगारमा गइ अंगभंग हुनेको संख्या पनि खाडी देशहरुमा नै धेरै छ। आर्थिक वर्ष २०७५/७६ मा मलेसियाबाट ११० जना अंगभंग भइ स्वदेश फर्किएका थिए भने साउदी अरेबियाबाट ८९, कतारबाट ७० जना अंगभंग भइ फर्किएका थिए। सो आर्थिक वर्षमा कुल ३६१ जना अंगभंग भइ फर्किएका थिए।
उपसचिव सुवेदीका अनुसार वैदेशिक रोजगारीमा मृत्यु हुने तथा अंगभंग हुनुको मुख्य कारण खानपानमा गरिने लापारबाही तथा सामान्य सीपको अभाव रहेको छ। तथ्यांक हेर्दा इन्डुअर भन्दा आउट डुअर काम जोखिमपूर्ण देखिएको उनको भनाइ छ। खाडिमुलुकमा बाहिर अत्यन्त गर्मी हुने र कामदारले पानी कम खाने या खानामा सावधानी नअपनाउनाले मृत्यु हुने गरेको छ। त्यस्तै ट्राफिक दुर्घटना, उपकरण चलाउने सीपको अभाव जस्ता कारणले पनि कारदारलाई अंगभंग गराउने या मृत्युसम्म पुर्याउने गरेको छ।
हुन त एकप्रकारले देश रेमिटेन्सले धानेको छ। तर, यसो भन्दैमा वैदेशिक रोजगारीको असुरक्षित पक्षलाई पक्कै पनि अवमुल्यन गर्न सकिँदैन। एकातर्फ बेरोजगारीले ब्याप्त बनेको बेला जीविकोपार्जन अवसर छ भने अर्कोतर्फ वैदेशिक रोजगारकै कारण नागरिकको सामाजिक र पारिवारिक वातावरणमा खलल परेकै छ। अतः वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेत बन्नै पर्ने देखिन्छ। यसका लागि सरकार, कामदारसमेत सबै पक्ष सकारात्मक बन्नै पर्ने देखिन्छ।
प्रकाशित: २१ श्रावण २०७६ १०:४५ मंगलबार