१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपालमा व्यवसाय विस्तार गर्न ओयोको कन्ट्री हेडमा योल्मो नियुक्त

काठमाडौं - ओयो होटल एन्ड होम्सले नेपालमा व्यवसाय विस्तार गर्न बिक्की योल्मोलाई कन्ट्री हेडमा नियुक्त गरेको छ।  ओयो होटल एन्ड होम्स, दक्षिण एसियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठूलो, विश्वकै तेस्रो ठूलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाइज रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

यात्रुलाई उच्च गुणस्तरीय सेवा तथा विश्वासिलो अनुभव प्रदान गर्न र नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै ओयो नेपालमा बजार विस्तारमा केन्द्रित छ।  योल्मो ११ वर्षभन्दा बढी समयदेखि स्ट्राटेजिक बिजनेस म्यानेजमेन्ट विज्ञका रूपमा कार्यरत छन्।

उनले आइआइटी कलेज दिल्लीबाट स्नातक र एमबिए आइआइएम कलकत्ताबाट उत्तीर्ण गरेको ओयोले जनाएको छ।  योल्मो विगतमा देवयानी फुड इन्डस्ट्री लिमिटेड (क्रिमबेल डेरी), भिआरएस फुड लिमिटेड (पारस डेरी), ओलाम इन्टरनेसनल लिमिटेड, बाटा इन्डिया लिमिटेड (रिटेल अपरेसन म्यानेजमेन्ट–फुटवेयर) तथा रिलायन्स रिटेल (प्राइभेट लेबल फुड (स्टेपल श्रेणी) मा कार्यरत थिए।

ओयो होटल एन्ड होम्सका भारत तथा दक्षिण एसियाका सिइओ आदित्य घोषले ओयो परिवारमा योल्मोलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए।  ‘दक्षिण एसियाकै मुख्य बजार नेपालमा ओयोलाई विस्तार गर्न योल्मोले महŒवपूर्ण भूमिका निर्वाह गर्नेछन्,’ उनले भने, ‘उनको जोस–जाँगर तथा वातावरणको गहन ज्ञान र बलियो व्यवसाय दृष्टिले अत्यन्तै सुलभ मूल्यमा आकर्षक आतिथ्य अनुभव प्रदान गर्ने र हाम्रो लक्ष्यमा अगाडि बढ्न मद्दत पुग्नेछ। ’ योल्मोले ओयोलाई नेपालमा अत्यन्तै रुचाइएको आतिथ्य ब्राण्ड बनाउन निरन्तर लाग्ने बताए।  नेपालको ओयो चेनमा तीन सय ३० भन्दा बढी फ्रयानचाइज होटल र पाँच हजार पाँच सयभन्दा बढी कोठा रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १८ श्रावण २०७६ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App