२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यस्ताे देखियाे साउनमा हरियाे चुरापोते (भिडियाे रिपाेर्ट)

काठमाडौ– साउन महिना सुरू भएसँगै हरियो पहिरन, चुरापोते र मेहन्दी लगाउने महिलाहरुको संख्या बढेको छ। परम्परागत मान्यताले पनि महिलाहरु यो महिनालाई मेहन्दी, हरियो पहिरन र चुरापोतेमा सज्जिने महिनाका रुपमा लिने गर्छन्। यसैले पनि बजारमा यी सामग्री किनमेल गर्नेको चहलपहल निकै बढेको देखिन्छ।

इन्द्रचोकका स्थानीय पोते व्यापारी शाहरुख अली वार्षिक सातदेखि आठ करोडको पोते विभिन्न देशबाट नेपाल भित्रिने गरेको बताउँछन। ५० रुपैयाँदेखि एक हजारसम्म मूल्य पर्ने विभिन्न डिजाइनका चुराहरू उनको पसलमा पाइन्छ। असारको अन्तिम दिनदेखि साउन पहिलो सातासम्म चुरापोते उच्च मात्रामा कारोबार भइरहेको उनले बताए।

त्यस्तै विगत १७ वर्षदेखि न्युरोडको सडक पेटीमा  मेहन्दी लगाउँदै आएकी मुन्नी भुजेल साउन महिनामा अरुबेला भन्दा दोब्बर व्यापार हुने गरेको बताउँछिन्। अरु बेला विवाहमा मेहन्दी लगाएर जीविकोपार्जन गर्ने उनको साउन महिनामा भने महिलाहरुले विशेसरुपले प्राथमिकता दिने गरेकोले दोब्बर आम्दानी हुने गरेको छ। उनका अनुसार दिनमा २५ जना भन्दा बढी मेहन्दी लगाउन आउने गर्छन्। त्यसैले अहिलेको महिनामा उनलाई भ्याईनभ्याई छ। उनले मेहन्दी लगाएको एक सय रुपैयाँ लिने गरेको बताइन्।

वार्षिक सात करोड बढीको चुरापोते भित्रने साउन महिना लागेसँगै इन्द्रचोक, न्युरोड क्षेत्रमा चुरापोते किन्न र मेहन्दी लगाउन आउने महिलाहरुको भीड बाक्लिएको छ।

प्रकाशित: ९ श्रावण २०७६ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App